२०८१ वैशाख १३ गते | 25th of April 2024

एनआरएन अमेरिकाको निर्वाचन स्थगित

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २४ गते १९:२४

पर्सी ११ र १२ तारिख हुने भनिएको एनआरएन अमेरिकाको चर्चित निर्वाचन अन्तत: गैर आवासीय नेपाली संघ (एनआरए) अमेरिकाको चुनाव स्थगित भएको छ । बन्दिता शर्मा दाहालको संयोजकत्वमा गठित निर्वाचन समितिले मंगलबार दिउँसो सूचना जारी अर्को सूचना नभएसम्मका लागि भन्दै चुनाव स्थगित गरेको जनाईएको छ ।भोली ९ तारिखको मिती राखेर निकालिएको एउटा बक्तब्य सच्च्याउंदै आजको मिती राखेर पून: अर्को बक्तब्य प्रकाशित गरी एनआरएन अमेरिका निर्वाचन समितिले चुनाव स्थगित भएको जनाएको छ ।

के कारणले निर्वाचन स्थगित गरिएको हो निर्वाचन समितिले केही उल्लेख गरेको छैन । निर्वाचन हुनभन्दा तीन दिन अघि प्रकृया रोकिएको हो । निर्वाचन निकै नजिक आएकाले कयौँ उम्मेदवार चुनाव प्रचार प्रसारकै क्रममा थिए । सामाजिक सजालमा मंगलवार सम्मपनि भोट मागिरहेका थिए ।
एनआरएन अमेरिका र आईसीसीको विद्यान  नमिल्दा निर्वाचन समिति दबाबमा परेको थियो । मनोनयन पत्र दाखिला गरे पनि उम्मेदवार सूचीमा नपरेका अध्यक्ष पदका प्रत्यासी  गौरी जोशी र महासचिव पूर्ण बानियांले संयुक्त रूपमा निर्वाचन समितिलाई विपक्षी बनाई मुद्दा दायर गरेका थियो ।

भोली ९ तारिखको मिती राखेर निकालिएको एउटा बक्तब्य सच्च्याउंदै आजको मिती राखेर पून: अर्को बक्तब्य प्रकाशित गरी एनआरएन अमेरिका निर्वाचन समितिले चुनाव स्थगित भएको जनाएको छ ।

अगस्ट ९ तारिखको मिती राखेर निकालिएको बक्तब्य :

Image may contain: text

निर्वाचन स्थगित सँगै एनआरएन अमेरिकामा नयाँ नेतृत्व चयन प्रकृया अन्यौलमा परेको छ ।  अक्टोबरमा नेपालमा हुन लागेको आईसीसीको केन्द्रीय भेलासम्म पनि नयाँ नेतृत्व आउँछ भन्नेमा आशंका छ । निर्वाचन रोकिदां एनआरएन अमेरिकाका करिब १५ हजार सदस्य आफ्नो प्रतिनिधि छान्नवाट वञ्चित भएका छन् ।
यो निर्वाचनमा २ सय जना भन्दा बढी उम्मेदवार चुनावी मैदानमा थिए । यस मध्ये कयौँ निर्विरोध चयन भईसकेका थिए । अध्यक्ष पदमा उम्मेदवारीका लागि निवेदन दिएका गौरी जोशी उम्मेदवार बन्न पाउने नपाउने मुख्य मुद्दा भइरहेको थियो ।
केही उम्मेदवारहरुले भने निर्वाचन स्थगित भएकोमा आक्रोस व्यक्त गरेका छन् । धेरैले अहिलेको विवादले एनआरएन अमेरिकालाई अन्यौलमा पारेको मात्र होइन थप कमजोर बनाएको प्रतिकृया दिएका छन् । आईसीसीले भने यसवारमा खासै चासो राखेको छैन ।
Source : HimalayaKhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *