२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

‘विभिन्न कल्चरको नृत्य रिसर्च गरिरहेको छु’

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २६ गते २:२३

राम्रो नृत्य निर्देशक बन्नु छ भने विभिन्न समुदायको कल्चरका बारेमा जान्नु आवश्यक छ । यही विचारलाई आत्मसाथ गर्दै नृत्य निर्देशक दिनेश माङ्मु लिम्बु यतिबेला डान्सको रिसर्चमा व्यस्त छन । एउटा राम्रो नृत्य निर्देशक बन्नु छ भने सबै समुदायको कल्चरल डान्स जान्न आवश्यक रहेको र त्यसैमा आफु व्यस्त रहेको लिम्बु बताउछन ।
ताप्लेजुङ जिल्लाको सिदिङवा गाउपालिका जन्मेका दिनेश फुटबल खेल खेल्न अति नै मन पराउथे । बाल्यकालमा उनी गाउमा नै अध्ययन गर्दै थिए । त्यही बेला देशमा माओवादी सशस्त्र द्वन्द्व सुरु भयो । गाउमा धरपकट सुरुभयो । ९ बर्षको उमेरमा नै उनी गाउ छाडन बाध्य भए । गाउमा बसौ माओवादीमा हिडनु पर्ने नहिडे अनेक टर्चर आउने त्यही भएर गाउ छाडेर काठमाडौ आएको उनी बताउछन । काठमाडौंमा प्रवेशसंगै उनी पुतलीसडक स्थित पद्योदय हाइस्कूलमा अध्ययन गर्न थाले । उनको सौख नाच्ने भन्दा पनि फुटबल खेल्ने थियो । फुटबल खेल्दा खेल्दै उनी चन्द्रध्वज लिम्बुको सामिप्यतामा पुगे ।


चन्द्रध्वज महेन्द्र पुलिस क्लबमा सिनियर डान्सर थिए । उनसंगैको संगतले डान्सलाई एउटा वयामको रुपमा लिन पुगे अनि विस्तारै उनी डान्सर बन्न पुगे । बघा थोबो जुम मा पिलो कला देउसी नाच बाट नाच सुरु गरेको लिम्बुले गायक नविन खड्काको साकेलामा पहिलो पटक कोरस डान्स गरेका थिए । पहिलो पटक उनी डान्सर भएपछि उनीलाई यस क्षेत्रमा लाग्न रहर जाग्दै गयो । फलस्वरुप उनल अहिलेसम्म एक सय भन्दा बढी म्युजिक भिडियोहरुमा उनले डान्स गरिसकेका छन । उनलाई कमेडियन प्रस्तुती पनि गर्ने गरेका छन । उनलाई कमेडियन गरेको सुहाउने उनका साथीहरुको भनाइ छ । त्यसो त उनी डान्सर मात्र होइन । उनी एक कुसल कोरियोग्राफर पनि हुन । उनले धेरै गीतहको कोरियोग्राफी समेत गरेका छन । उनले लिम्बु भोजपुरी, मैथिली लगायतका थुप्रै गीतहरुमा नृत्य निर्देशन गरिसकेका छन । लिम्बुले करिब ४५० भन्दा बढि म्युजिक भिडियोमा नृत्य निर्देशन गरिसकेका छन ।


यसरी नेपाली साङगीतिक क्षेत्रमा उदायका लिम्बुले चलचित्रको साहायक निर्देशन समेत गर्न भ्याएका छन । मान्छेको वास्तविक जीवन कथालाई अरुमाझ प्रस्तुत गर्न सकिने भएकाले यो क्षेत्र राम्रो लागेको उनी बताउछन । यस क्षेत्रमा आफुलाई रमाइलो लाग्ने यही क्षेत्रमा खुसी भएको छन । उनी भन्छन पछिल्लो समयमा यस क्षेत्रमा रिसर्च नै नगरी पावर पहुच हुनेहरु आफुलाई निर्देशक कोरियोग्राफर भन्ने गरेको प्रति उनी सबैलाई सबै कल्चरको बारेमा जानेर यस क्षेत्रमा आउन सल्लाह दिन्छन । उनी भन्छन निर्देशक कोरियोग्राफर नाम लेख्न गाह्रो छैन तर सबै कल्चरको बारेमा जानकारी नभइ निर्देशक बन्ने हो भने भोलीका दिनहरुमा टिक्न गाह्रो छ ।

यसरी संगीतको क्षेत्रमा सकारात्म सोचका साथ पाइला टेकेका लिम्बुको आगामी योजना पनि यसै क्षेत्रमा लाग्ने बताउछन । तर अहिले जति पनि लोक नृत्यको प्रशिक्षण दिइन्छ त्यसको कुनै प्रक्टिकल किताब नभएको र त्यसलाई व्यवहारिक बनाउन एउटा लोक नृत्यसम्बन्धी पुस्तक प्रकाशन गर्ने उनको सोचाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']