२०८१ वैशाख ६ गते | 18th of April 2024

हिमाल टल्कने नेपालको मान्छे : राष्ट्रिय गीत

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन २४ गते १:३९

शान्तिराम ढकाल
लस एन्जलस, अमेरिका ।

अग्लो भए नि
पुड्को भए नि
धर्तीमा अग्लो देशको म मान्छे !

कालो भए नि
गोरो भए नि
हिमाल टल्कने देशको म मान्छे !

मोटो भए नि
दुब्लो भए नि
संजीवनी फुल्ने देशको म मान्छे !

भोको भए नि
नाङ्गो भए नि
स्वभिमान नबेच्ने देशको म मान्छे !

हिन्दू भए नि
क्रिश्चियन भए नि
म बुद्धिष्ट भए नि
मुश्लिम भए नि
बुद्ध जन्मेको देशको म मान्छे !

रंग हरु मेरा
हजार होलान
संसारको सुन्दर देशको म मान्छे !

टोपी लाए नि
धोती लाए नि
म शान्त देश नेपालको मान्छे !

अग्लो भए नि
पुड्को भए नि
धर्तीमा अग्लो देशको म मान्छे ।

कालो भए नि
गोरो भए नि
हिमाल टल्कने नेपालको मान्छे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *