२०८१ वैशाख ८ गते | 20th of April 2024

कोशीमा कुनै खतरा छैन : प्रजिअ पराजुली

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २७ गते ६:०३

 

इनरुवा, २७ साउन । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सप्तकोशी नदीका कारण सुनसरीमा कुनै खतरा नरहेको बताए ।

उनले पूर्वी पहाडी जिल्लामा वर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुनु स्वाभाविक भएको बताउदै
पानीको बहावमा वृद्धि भएपनि कोशी नदीमा यही अवस्थाले पानीको बहाव रहिरह्यो भने पनि सुनसरीमा कुनै खतरा नरहेको बताए ।

उनले सप्तकोशीका स्पर तथा बाँधहरु पहिले कमजोर भएपनि अहिले पहिलेको तुलनामा निकै मजबुत भएकाले तीनलाख क्युसेक प्रतिसेकेन्डसम्म पानी कोशी ब्यारेज भएर बग्दासम्म कुनै खतरा सुनसरीमा नहुने बताए ।

केही सञ्चारमाध्यमले कोशीमा खतरा रहेको समाचार प्रसारण तथा प्रकाशन गरेपछि आफूहरुको ध्यान केन्द्रित भएको बताउनुहँुदै प्रजिअ पराजुलीले हल्लाको पछि नलाग्न आम जिल्लावासीलाई आग्रह गरे ।

वर्षाको समयमा सप्तकोशी नदीमा पानीको बहाव घटबढ हुने क्रम चलिरहने भएकाले तीन लाखसम्म कुनै खतरा नरहेको बताउनुहुँदै त्योभन्दा माथि पानीको बहाव भएपछि मात्र सोच्नुपर्ने अवस्था आउने समेत बताए ।

प्रजिअ पराजुलीले नदीमा पानीको सतह बढ्दै गएपनि स्परहरु सुरक्षित रहेको र नियमित अनुगमन जारी रहेकाले कोशी नदीको पानीले सुनसरीमा खतरा नरहेको र ढुक्क भएर नियमित काम गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *