1

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

147 पटक पढिएको

 

काठमाडौँ, २७ साउन । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले इन्धन ढुवानी नगर्ने भनी घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

एशोसियसनले ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गर्दै आजदेखि नेपाल आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थ खरिद नगर्ने तथा यही साउन ३१ गतेदेखि पम्पबाट तेल बिक्री वितरण बन्द गर्ने घोषणा गरेको थियो ।

एशोसियसनका अध्यक्ष लीलेन्द्र प्रधानले व्यवसायीका केही माग पूरा भएकाले अहिलको आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जानकारी दिनुभयो ।

व्यवसायीले चार हजार लि पेट्रोलियम पदार्थ ढुवानी गर्दा पेट्रोलमा करिब ८५ लि र डिजेलमा ५० लि प्राविधिक नोक्सानी हुने जिकिर गर्दै सोहीअनुरुपको नोक्सानीको क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेका थिए ।

निगमले चार हजार लि पेट्रोलमा ३५ लि र डिजेलमा २४ लि प्राविधिक क्षतिको भर्पाई दिने गरेकामा थप पेट्रोलको १० लि र डिजेलको तीन लि क्षतिको भर्पाई दिने निर्णय गरेपछि आफूहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएको अध्यक्ष प्रधानले जानकारी दिनुभयो । ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानी सम्बन्धमा छ महिनाभित्र अध्ययन गरी सोको प्रतिवेदनका आधारमा थप निर्णय लिने सहमति भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

प्रदेश नम्बर ६ मा नेपाल निर्माण व्यवसायी महासंघका विविध कार्यक्रम

निर्मल अर्याल/काठमाडौं - नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले प्रदेश नं. ६ का.. ...

एमाले-माओवादी एकता, नेपाल कम्युनिष्ट पार्टी नयाँ नाम

काठमान्डौं - एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमती भएको छ। सोमबार.. ...

‘गगनले होइन, हामी बनाउछौं अब कांग्रेस’- तरुण दल अध्यक्ष जितजंग

काठमाडौँ- प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेसका युवा नेताहरुले तीन ठाउँबाट.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate