२०८१ वैशाख ७ गते | 19th of April 2024

बाढी पहिरोमा परी ३० जनाको मृत्यु 

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २८ गते १४:१२

काठमाडौं २८ साउन । लगातार परेको बर्षापछि आएको बाढी र पहिरोको कारण मुलुकभर कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ । शनिबार गृहमन्त्रालयद्धारा जारी विज्ञप्ती मार्पmत बाढी पहिरोमा परी विभिन्न जिल्लामा मृत्यु हुनेको संख्या ३० पुगेको जानकारी गराएको छ। गृहमन्त्री जनार्दन शर्माले पत्रकारसंगको कुराकानीमा मध्य पहाडी जिल्लाहरूमा पहिरोले र तराईका जिल्लाहरूमा बाढीले जनजीवन अस्तव्यस्त बनेको बताए। उनका अनुसार सुनसरीमा ७, मोरङमा ३, सिन्धुलीमा ४, पाँचथरमा ३, झापामा २, बाँकेमा ३ जनाको मृत्यु भएको छ। यस्तै बारा, सर्लाही, पाल्पा र दाङमा १र१ जनाको मृत्यु भएको विवरण आएको गृह मन्त्री शर्माले बताए।

बाढीका कारण विराटनगर विमानस्थल जलमग्न छ। मन्त्री शर्माका अनुसार प्रहरी र सेनाका ब्यारेकहरू समेत जलमग्न छन्। कतिपय जिल्लामा बाढीमा केही मानिसहरू हराइरहेका छन्। विमानस्थलमा तालिमप्राप्त जनशक्ति, ड्राइ फुड र औषधिसहितका स्वास्थ्यकर्मी तयार राखिएको तर खराब मौसमका कारण पठाउन नसकिएको मन्त्री शर्माले बताए। स्थानीय तहहरूमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दारको काम गरिरहेका छन्। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा टोलीहरू खटाइएको गृहमन्त्रालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *