२०८१ वैशाख ६ गते | 18th of April 2024

प्रधानमन्त्रीले दिए सुरक्षा निकायलाई निर्देशन ‘प्रभावित क्षेत्र पुग्नुहोस्, उद्दारमा एकीकृत भएर काम गर्नुहोस् ।’

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २८ गते १५:२७

काठमाडौं २८ साउन । बाढी पहिरो र डुवानमा परेकालाई तत्काल उद्धार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन । प्रधानमन्त्री देउवाले सम्पूर्ण सुरक्षा निकायलाई उद्धारका लागि निर्देशन दिएका हुन । शनिबारसाँझ गृहमन्त्री, रक्षामन्त्रीका साथै प्रधानसेनापति, नेपाल प्रहरी र शशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीहरुलाई बालुवाटारमा बोलाएर देउवाले ढुवानमा परेका क्षेत्रमा तदारुकताका साथ उद्दार कार्य हघि बढाउन आफैं उपस्थित हुन निर्देशन दिएका हुन् ।

‘बाढीले तराईमा ठूलो धनजनको क्षतिपुगेको छ’ उनले भने ‘तपाईहरु अव काठमाडौं बस्ने होइन, प्रभावित क्षेत्र पुग्नुहोस् । उद्दारमा एकीकृत भएर काम गर्नुहोस् ।’

उनले बाढीका कारण थप ढुवानमा पर्न सक्ने क्षेत्रको पनि पहिचान गरेर उच्च सतर्कता उपनाउन पनि निर्देशन दिको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बैठकमा गृहमन्त्री जनार्दन शर्माले बाढि प्रभावित क्षेत्र ८० प्रतिशत ढुवानमा परेको तथ्यांक पेश गरेका थिए । मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्ने कार्य अघि बढाउन नसकिएको उनले बताए ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना फिल्डमा खटिइसकेको तर, उद्दार टोली तयारी अवस्थामा रहेपनि मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्न नसकिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *