२०८१ वैशाख १४ गते | 26th of April 2024

न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सक्रियता चाहियो

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २८ गते १६:३६

 

काठमाडौँ, २८ साउन । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने बताए ।

नेपाल प्रेस युनियन, उपत्यका समन्वय समितिले आयोजना गरेको प्रेस युनियन उपत्यकास्तरीय भेलाको उद्घाटन गर्दै मन्त्री बस्नेतले न्यूनतम पारिश्रमिक लागू गराउन सबै सञ्चार माध्यमले तदारुकता देखाउनुपर्ने बताए ।

मन्त्री बस्नेतले न्यूनतम पारिश्रमिक लागू गराउन सरकार प्रतिबद्ध रहेको र यसमा सरोकारवाला पत्रकार तथा पत्रकारका संघ, संगठन र सञ्चारगृहको अग्रसरता चाहिने बताए ।

पत्रकार धर्मेन्द्र झाले सरोकारवाला निकायको चासो नभएका कारण न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन नसकेको बताए ।

युनियनले आगामी नेपाल पत्रकार महासंघको महाधिवेशनलाई लक्षित गर्दै आवश्यक रणनीति बनाउन भेला आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *