२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

बाढीको बिपत्तीमा सहयोग गर्न संयुक्त राष्ट्र संघसंग ने.बि. संघको आग्रह

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३० गते २२:३७

वासिङटन डिसी । नेपाल विद्यार्थी संघले बाढीपहिरोका कारण विपत्तिमा परेका नेपालीलाई सहयोग गरिदिन संयुक्त राष्ट्र संघलाई आग्रह गरेको छ ।

संयुक्त राष्ट्र संघको युवा सम्मेलनमा भाग लिन अमेरीकाको न्यूयोर्कमा पुगेको प्रतिनिधिमण्डलले नेपालमा ठूलो विपत्ति आइपरेकोले सहयोग पुर्याउन आग्रह गरेको हो । प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राष्ट्र संघको विश्व युवा सभामा सहयोगका लागि प्रस्ताव गरेका छन् ।

त्यस्तै, अमेरीका स्थित जनसम्पर्क समितिको छुट्टा छुट्टै कार्यक्रममा नेपाल विद्यार्थी संघले अमेरीकामा वसेका नेपाली समूदायसँग बाढीपिडितलाई सहयोग गर्न अनुरोध गरेको छ । काँग्रेस सम्वद्ध सम्पर्क समिति अमेरीकाको पदाधीकारीहरुसँग र अन्य अन्तरक्रियामा संलग्नसँग छलफल अन्तर्कृया गरेर सहयोग जुटाउने बारे प्रस्ताव गरेको छ । विश्व युवा सम्मेलनमा भाग लिन अध्यक्ष महर, महामन्त्री सरोज थापा र बैदेशिक सल्लाहकार डिबी सुनार अहिले अमेरिकामा छन ।

सम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले एक हप्ता भित्रै सहयोग जम्मा गरेर नेपाल पठाइने बताए ।

केही दिनयता मुलुकका विभिन्न भागमा परेको अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परि ९१ जनाको मृत्यु, पचासौं वेपत्ता र हजारौ विस्थापित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']