२०८१ वैशाख ७ गते | 19th of April 2024

बाढी पहिरोको बिपत्तीमा सहयोग गर्न नेपाली जनसम्पर्क समिति, अमेरिकाद्दारा पहल

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३१ गते २२:२२

 न्यूयोर्क, अमेरिका । नेपाली संपर्क समिती, अमेरिका केन्द्रिय समितिको बैठकले बाढीको बिपत्तीमा दर्द खेपेको जन्मभुमी नेपालको सहयोगार्थ उपसभापती धर्मराज श्रेष्ठको संयोजकत्वमा एक सहयोग समिती निर्माण गरी यथाशाक्य सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । बिपतमा सहयोगका लागि केन्द्रिय समितिका सम्पूर्ण सदस्यहरुले अनिवार्य रुपमा न्युनतम १०० डलर र प्रत्यक च्याप्टर सभापतीले अनिवार्य रुपमा न्युनतम १०० डलर सहयोग गर्नुपर्ने निर्णय गरेको छ ।

बैठकको सम्पूर्ण निर्णय सार्वजनिक गरिएको महासचिव मुनिन्द्र नेम्वाङ्गको प्रेस बक्तब्य :

आज AUG 14, 2017 का दिन नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति आनन्द बिष्टको अध्यक्षता बसेको समितिको आकस्मिक कन्फरेन्स बैठकले नेपालमा केहीदिन देखि परेको भीषण बर्षाका कारण गएको बाढी-पहिरोको बारेमा छलफल गरी देहाय बमोजिमको निर्णय गरेको छ ।
निर्णय:-
१.मातृ पार्टीको निर्देशनलाई पालना गर्दै, आजको मिति देखि १० दिन भित्रमा संगठनको सम्पूर्ण निकायलाई परिचालन गरी बाढीपहिरो पिडितको सहयोगार्थ राहत रकम संकलन गर्ने निर्णय गरेको छ । यस राहत रकम संकलन कार्यलाई चाँडो र व्यवस्थित पार्नका निमित्त समितिका उपसभापति धर्मराज श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यहरू लोक लामा, चन्द्र कान्त धिताल, गौतम दाहाल, न्यूमेक्सिको च्याप्टरका पूर्व सभापति देश राज संयोग र संगठनका सबै च्याप्टर सभापतिहरू सदस्य रहने गरी एक राहत संकलन समिति गठन गरी जिम्मेवारी दिईएको छ ।

२.पिडितको निमित्त संकलन गरिएको सबै राहत रकम मातृ पार्टी नेपाली काँग्रेसको नेपाल बैंक लिमिटेड, कुपण्डोल शाखामा रहेको नेपाली काँग्रेस बाढी पिडित सहयोग कोषको खाता नम्बर ०१३५-११-००१००७५ मा पठाउँने निर्णय गरेको छ ।

३.राहत रकम संकलन गर्न सजिलोका निमित्त संगठनको नाममा एउटा gofundme एकाउण्ट खोल्ने र च्याप्टरमा संकलित गरिएको राहत रकमलाई चाँडो र सजिलोका निमित्त सिधैं च्याप्टरले नेपाली काँग्रेसको बाढीपिडित सहयोग कोषमा पठाई केन्द्रलाई जानकारी मात्र गराए पुग्ने छ ।
४.दैवि विपतिको यस संवेदनशील घडीमा बाढीपहिरो पिडितको सहयोगर्थ केन्द्रीय कार्यसमितिका सदस्यहरूले कम्तिमा $100.00 र प्रतेक च्याप्टर सभापतिले कम्तिमा $100.00 डलर सहयोग गर्नुपर्ने छ ।

५.अविरल वर्षाको कारण देशका विभिन्न भागमा आएको बाढीपहिरोबाट भएको ठुलो जनधनको क्षति र यस दैवी विपतीका कारण नेपाली दाज्युभाई तथा दिदीबहिनीहरूले भोगिरहेको कष्टकर र अस्तव्यस्त जनजीवन प्रति नेपाली जनसम्पर्क समिति अमेरिकाले गहिरो दु:ख प्रकट गर्दै, विपतिको यस संवेदनशील घडीमा सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।

६.बाढीपहिरोका कारण ज्यान गुमाउनु भएका सबै दाज्यूभाई तथा दिदी बहिनीहरूमा यो बैठक भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछ । साथै घाईतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना समेत बैठकले गरेको छ ।

Image result for nepali janasamparka samiti

कन्फरेन्स बैठकमा उपस्थित पदाधिकारी र सदस्यहरू:-
उपस्थिति:
१. सभापति- आनन्द विष्ट
२.बरिष्ठ उप-सभापति- धनन्जय नरसिंह केसी
३.उप-सभापति-धर्म राज श्रेष्ठ
४.उप-सभापति- भगवान मैनाली
५.उप-सभापति- केशब बराल
६.महासचिव- मुनिन्द्र नेम्बाङ
७.सचिव- ईश्वर सापकोटा
८.सचिव-भोज राज ठोकर
९.सदस्य- ज्ञानेन्द्र राज कार्की
१०.सदस्य-प्रमोद सिटौला
११.सदस्य- गोकुल ढकाल
१२.सदस्य-अमृत भट्टराई
१३.सदस्य- हरिबोल भण्डारी
१४.सदस्य- परमानन्द खनाल
१५.सदस्य- चन्द्रकान्त धिताल
१६.सदस्य- लोक लामा
१७.सदस्य- पिताम्बर भुषाल
१८.सदस्य- गौतम दाहाल
१९.सदस्य- पविता परियार
२०.सदस्य-गोविन्द लम्साल

धन्यवाद
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसंपर्क समिती अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *