२०८१ वैशाख १३ गते | 25th of April 2024

वोष्टन सप्ताहबाट १० लाख ९७ हजार डलर संकलन

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३२ गते २२:३६

लाक्पा सांगे शेर्पा, वोस्टन । अमेरिकाको वोस्टनमा जारी वोस्टन सप्ताहको छैटौं दिन शुक्रबारसम्म १० लाख ९७ हजार डलर संकलन भएको छ । पशुपति बुद्ध फाउण्डेशनअफ न्यू इंगल्याण्डद्धारा आयोजित बृहत सप्ताह तथा आध्यात्मिक महाज्ञान महायज्ञमा उक्त धनराषी संकलन भएको हो । सप्ताहमा नेपालका प्रख्यात वाचन प्रविण पं दिनवन्धु पोख्रेलले प्रवचन गरिरहेका छन् भने बौद्ध धर्म एंव किरात धर्म गुरुहरुबाट पनि प्रवचन भएको आयोजकले जनाएको छ ।Image may contain: 1 person, crowd and indoor

वोष्टनको शिवालयमन्दिरको दुर्गाहल मेडफोर्डमा शुरु भएको साताव्यापी चल्ने उक्त सप्ताह सबै भन्दा उच्चदान म्याससेटच्युसेट समर भिलवासी लक्ष्मीनारायण र भरनाप्रधानले ५१ हजार डलर दान गरेका छन् ।

त्यसैगरी संचारकर्मी सुरेश वाग्ले र रोशनी खनालले ३३ हजार ३ सय ३३ डलर ३३ सेन्ट, हिमालय विस्ट्रो वोष्टनले २८ हजार ४ सय ३३ डलर दान गरे । त्यसैगरी टाउनटनका  शिव, अनु श्रेष्ठले २६ हजार दान दिएको वोष्टन सप्ताह आयोजक समितिले जनाएको छ । त्यसैगरी अर्का दानविर प्रल्लाद र प्रोडेन्स केशी वेडफोर्डले १५, ५ सय ५५ डलर दान गरे ।

त्यसै गरी वाल्थामवासी पुस्कर न्यौपाने ११ हजार १ सय ११, नरवुडवासी महेश्वर पन्त, १० हजार ५, मेडफोर्डका प्रेम पौडेल र रुक्मीणि कार्कीले १० हजार १ दान गरेका छन् । त्यसै गरी रामकुमार फुयाल १० हजार १, मेडफोर्डका सुर्य, मिलन थापाले पनि १० हजार दान गरेको पशुपति वुद्ध फाउण्डेशन न्यू इग्ल्याण्डका तथा ग्रेटर वोष्टन नेपाली कम्युनिटिका अध्यक्ष विष्णुमणि आचार्यले जानकारी दिए ।

त्यसै गरी शुशिला पौडेल र गिता पौडेलले ७ हजार ७ सय ७७ दान गरेका छन् । सप्ताहमा ६ हजार देखि २० डलर सम्म दान दिने दाताहरुको उल्लेख्य सहभागिता रहेको जनाइएको छ । उनका अनुसार १।५ मिलियन अर्थात १५ लाख डलर संकलन गर्ने लक्ष्य लिइएको  सप्ताहमा उत्साहजनक रुपमा नेपाली समुदायको सहभागिता देखिएको छ । हालसम्ममा ग्रेटर वोष्टन, रोड आइल्याण्ड कनेटिकट, मेन, भ्रमण न्युयोर्क, टेक्सास लगायत क्षेत्रमा वसोवास गर्ने १० बढी नेपालीहरुको उत्साहजनक सहभागीताका साथै दान सहयोग भएको बताए ।Image may contain: 8 people, people smiling, people standing

इच्छुक दाताहरुले किस्तावन्दी रुपमा पनि दान गर्न सकिने जनाइएको छ । सप्ताहमा प्रवचनसगै किरात धर्म, बौद्ध धर्म सम्बन्धीपुजा, गुभाजु योग साधना, गुन्यु चोलो, व्रतवन्ध, अनुस्ठान कार्यक्रम पनि भई रहेको अध्यक्ष आचार्यले जानकारी दिए । पशुपतिमन्दिर र बौद्ध स्तुपा सहितको सामुदायिक भवन निर्माण सहयोगार्थ सप्ताहको आयोजना गरिएको हो ।

आगामी २ वर्ष भित्र सामुदायिक भवन निर्माण कार्य थालिने

अबको आउदो २ वर्ष भित्रमा भवन निर्माण कार्यको थालनी गर्नका लागि गृहकार्य तिव्र रुपमा भइरहेको छ । भवन निर्माणका लागि विभिन्न रिसर्च टास्क फोर्सहरु तिव्र रुपमा लागी परिरहको पशुपति बुद्ध फाउण्डेशनका अध्यक्ष विष्णुमणि आचार्यले जानकारी दिएका छन् । त्यसका लागि वोस्टन क्षेत्रको पायक पर्ने स्थानमा धार्मिक प्रयोजनमा रहेको जग्गाको खोजी भइरहको जनाइएको छ । सप्ताहको समापन पश्चात चाडै नै बृहत साधारण सभाको आयोजना गरी त्यसको निक्यौल गर्ने उनले बताए ।

सामुदायिक भवन निर्माणका लागि हाल संकलन गरिएको रकम प्रयाप्त नभएपनि भवन निर्माणको शुरुवात गरिने अध्यक्ष आचार्यले जानकारी दिए । भवन सुविधा सम्पन्न हुने भएकोले हालसम्म संकलित रकम केही अपुग हुन सक्छ तर पुन फण्ड रेजका लागि अन्य स्तरबाट पनि आर्थिक संकलनमा तिव्र रुपमा लागि पर्ने उनको भनाई छ ।

जन्मेदेखि मृत्यु सम्मको कर्मकाण्ड एकै ठाउमा गर्न सकिने सामुदायिक भवन निर्माण हुने
हिन्दु, बौद्ध, किरात लगायतको धार्मिक समुदायका नेपाली समुदायको जन्मे देखिको मृत्यु सम्मको सम्पूर्ण कर्मकाण्ड एकै ठाउमा गर्न मिल्ने किसिमको सामुदायिक भवन निर्माण गर्न लागिएको बताइएको छ ।

विवाह, व्रतबन्ध गुन्युचोलो, न्वारन मृत्यु संस्कार लगायतका सम्पूर्र्ण कर्म काण्ड गर्न मिल्ने भवन निर्माण हुने अध्यक्ष आचार्यले जानकारी दिए । नेपाली भिलेजको जस्तै भवनका अवधारणा अनसार सामुदायिक भवन निर्माण गरिने छ । जसमा पशुपतिनाथको मन्दिर, बौद्ध स्तुपा पनि स्थापना गरिने उनले जानकारी दिए । जसले गर्दा विभिन्न समुह जातजातिहरुमा विभक्त नेपाली समुदायहरु एकै ठाउमा भेला हुने संगम स्थलको रुपमा पनि निर्माण गरिने लक्ष्य लिइएको छ । ग्रेटर वोष्टन क्षेत्रमा करीव २५ हजारको हाराहारीमा नेपाली समुदायहरुको बसोबास रहेको अनुमान गरिएको छ ।

पशुपति बुद्ध फाउण्डेशन न्यु इग्ल्याण्डद्धारा आभार व्यक्त
पशुपति बद्ध फाउण्डेशन न्यु  इग्ल्याण्डका अध्यक्ष विष्णु मणि आचार्यले पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपा सहितको सामुदायिक भवन निर्माण सहयोगार्थ आयोजित सप्ताह सफल बनाउनका लागि सहयोग गर्नुहनुे दानवीर, स्यमंसेवक, समाजसेवी बुद्धिजीवि, संचारकर्मी, लगायतलाई आभार सहित धन्यावाद ज्ञापन गरेका छन् । अमेरिकाका विभिन्न क्षेत्रमा बसोवास गर्ने नेपाली दाजुभाई तथा दिदीबहिनी आमा बुवा तथा नेपालबाट समेत वोस्टनमा सहयोग आइरहेको बताउँदै अध्यक्ष आचार्यले सबैको सहयोगको सरहना गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *