२०८१ वैशाख १८ गते | 30th of April 2024

प्रमबाट मध्य र सुदूरपश्चिममा राहत वितरण

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १ गते १६:४८

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मध्य र सुदूरपश्चिमका तीन जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गर्नाका साथै प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ ।

प्रधानमन्त्रीले बाँकेको राप्ती सुनारी गाउँपालिकाको कमैया डाँडा, बर्दियाको कोठिया गाउँ र कैलालीको टीकापुरमा बाढीबाट विस्थापितसँग साक्षात्कार गरी राहत सामग्री वितरण गर्नुभएको हो । प्रधानमन्त्रीले कमैयाडाँडामा बाढीबाट आफ्ना ११, नौ र सात वर्षका तीन छोरी गुमाएका कमिलाल थारुलाई रु छ लाखको चेक र राहत सामग्री हस्तान्तण गर्नुभयो ।

प्रधानमन्त्रीले देउवाले बाढीबाट धनजन गुमाएकाहरुलाई क्षतिपूर्ति रकम र घर बनाउन निश्चित रकम दिइने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले तत्काल अस्थायी बासस्थानका लागि केही रकम निकासा गरिसकिएको छ, छिट्टै तपाईंहरुले पाउनुहुने छ ।”

यस्तै प्रधानमन्त्रीले बर्दियाको गुलरिया नगरपालिकाको बाढी प्रभावित वडा नं ८ को कोठिया गाउँमा पनि बाढी प्रभावितसँग साक्षात्कार गरी राहत वितरण गर्नुभएको छ । प्रधानमन्त्रीले बाढीको दीर्घकालीन र तात्कालीन समाधानका लागि सरकारले छिट्टै नयाँ कार्यक्रम ल्याउने जानकारी दिनुभयो । सरकारले घाइतेको निःशुल्क उपचार व्यवस्था गरेको बताउँदै उहाँले बाढीले घर बगाएकाहरुलाई पनि सरकारले निर्णय गरेर रकम निकासा गरिने छ भन्नुभयो । त्यस्तै टीकापुरमा पनि प्रधानमन्त्रीले पीडितसँग साक्षात्कार गरेर राहत वितरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *