२०८१ वैशाख ७ गते | 19th of April 2024

बाढी र पहिरोमा परी ४ सयको मृत्यु, ६ सय बेपत्ता

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ३ गते १५:०७

भदौ ३, । सियरा लियोनमा हप्तादिन अघिदेखि बाढी आएको छ । बाढी र पहिरोमा परी कम्तीमा पनि ४०० जनाको ज्यान गएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिका एकजना अधिकारीले जनाएका छन्। कतिपय स्थानमा पहिरो खसिरहेको बताइएको छ। गत मङ्गलबार नै बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या २०० पुगिसकेको थियो। त्यसलगत्तै त्यहाँ हप्तादिनसम्म राष्ट्रव्यापी शोक सप्ताहको घोषणा गरिएको छ। ठूलो झरी र अविरल वर्षाका कारण गत सोमबारदेखि देशका धेरै ठाउँमा पहिरो गएको छ। सयौंको पहिरोमा परी मृत्यु भएको छ।

अझै पनि करिब ६०० जना बेपत्ता भएका छन्। हजारौँ व्यक्ति घरबारविहीन भएका कारण मृत्यु भएकालाई श्रद्धाञ्जलि व्यक्त गर्न र उद्धारका लागि भन्दै उक्त शोक सप्ताहको घोषणा गरिएको हो। राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा देशभरका सबै कार्यालय तथा विदेशमा रहेका सियरा लियोनका सबै कूटनीतिक नियोगमा रहेका राष्ट्रिय झण्डा १६ देखि २२ अगस्टसम्म आधा झुकाइने बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *