२०८१ वैशाख ८ गते | 20th of April 2024

गौरीराज जोशीद्दारा एनआरएन अमेरिका माथी दायर गरिएको मुद्दा बिना शर्त फिर्ता

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ६ गते २०:५३

गोकुल ढकाल, लस एन्जलस, अमेरिका । स्थगित भएको एनआरएन अमेरिकाको निर्वाचनमा आफ्नो  उम्मेद्वारीका पक्षमा  अन्याय भएको भन्दै टेनेसी अदालतमा दायर गरिएको मुद्दा फिर्ता लिईएको छ । एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्ष पदका बलिया प्रत्याशी गौरीराज जोशी र उनको प्यानलका महासचिव पदका प्रत्याशी पूर्ण बानियांद्दारा निर्वाचनको केही दिन अघी दर्ता गरिएको मुद्दा आज एक बक्तब्य प्रकाशित गर्दै गौरीराज जोशीले ‘आफुले बिना कुनै शर्त मुद्दा फिर्ता लिएको’ जनाएका छन । 

‘पटक पटक म माथि अन्याय भएको यहांहरुलाई सर्वविदितै छ । मुद्दा मामिला अन्तिम विकल्प हो तर, सहमति र सहकार्य नै सामाजिक संस्थाको मर्म हो । मैले एनआरएन अमेरिकाको हितका लागि सोमवार नै म माथि भएको अन्याय विरुद्ध अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएको छु ।’ जोशीद्दारा सामाजिक संजालमा सार्वजानिक गरिएको बक्तब्यमा भनिएको छ ।

गत अगस्ट ११ र १२ तारिखका दिन तोकिएको निर्वाचन जोशी र बानियाको मुद्दा दायरीको कारण देखाउंदै टेनेसी अदालतले “स्टे अर्डर” जारी गरेको थियो । चुनावको अन्तिम अवस्थामा अदालतको आदेशको कारण देखाउंदै एनआरएन अमेरिकाकी निर्वाचन आयुक्त अधिवक्ता बन्दिता शर्मा दाहालले ‘अर्को सुचना प्रकाशित नभएसम्म निर्वाचन स्थगित भएको’ सुचना जारी गरेकी थिईन ।

शक्तिशाली उम्मेद्वारका रुपमा रहेका जोशी आफु स्वतन्त्र भन्दा बिभिन्न शक्तीहरुको संसर्गमा रहेका थिए । सामाजिक संजालमा निकै चर्चित जोशीको उम्मेद्वारीको बिषय ‘यसरी मुद्दा फर्किने’ सम्भवत कसैले विश्वाश गरेका थिएनन । ‘निकै कठोर भएर एनआरएन अमेरिकालाई अझ मबजुत बनाउनु पर्छ भनेर मैले विनाशर्त मुद्दा फिर्ता लिएको हुँ,’ जोशीले आफ्नो बक्तब्यको अन्तमा भनेका छन ।

जोशीद्दारा जारी बक्तब्य :
आदरणीय नेपाली समुदाय,
एनआरएन अमेरिका अहिले अप्ठ्यारो स्थितिमा अल्झिएको यहांहरु सबैलाई सर्वविदितै छ। अमेरिका बस्ने नेपाली समुदायको सबैभन्दा ठुलो संस्था यो स्थितिमा आओस भन्ने हामी कसैको पनि चाहना थिएन । अहिलेको स्थितिले केही साता पछि काठ्माडौ आयोजना हुन लागेको एनआरएनए विश्व सम्मेलनमा पनि अमेरिकाको प्रतिनिधित्वको विषयमा अन्यौलता आएको छ । यो अन्यौलताले हामी विश्व एनआरएन अभियानमा पछाडि पर्छौ कि भन्ने जोखिम पनि थियो। म अहिले यो अन्यौलतालाई आफूले नै निकास दिन अग्रसर हुने निष्कर्षमा पुगेको छु ।

यहांहरु सबै जानकार नै हुनुहुन्छ, विभिन्न परिस्थितिजन्य कारणले विवाद हुन पुग्यो । हुनु त समस्या नयाँ थिएनन । विगत २ वर्ष देखिनै एनआरएन अमेरिका यही समस्यामा कहीँ कतै अल्झिएको अवस्था थियो । मुद्दा मामिलामा जाने मेरो कुनै चाहना थिएन । तर, पटक पटक म माथि अन्याय भएको यहांहरुलाई सर्वविदितै छ । मुद्दा मामिला अन्तिम विकल्प हो तर, सहमति र सहकार्य नै सामाजिक संस्थाको मर्म हो । मैले एनआरएन अमेरिकाको हितका लागि सोमवार नै म माथि भएको अन्याय विरुद्ध अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएको छु ।

मेरो उम्मेदवारी प्रति यहाँहरूको अपार सहयोग र समर्थन थियो। यही बलले मलाई नेतृत्व लिन प्रेरित गरिरहेको थियो । एनआरएन अमेरिका वास्तवमा अमेरिका बस्ने नेपाली समुदायको हितको लागि होस भन्ने यहाँहरूको चाहना थियो । तपाईँहरूको चाहना अनुसार नै मैले यसलाई मुख्य मुद्दा बनाएको थिएँ । मैले अहिले अदालतमा दायर मुद्दा फिर्ता लिए पछि पनि समुदायको सहयोग र हितका लागि सधैँ तपाईहरुकै साथमा उभिने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु । एनआरएन अमेरिकालाई अझ संस्थागत, विवादमुक्त र समुदायको हितका लागि काम गर्न संस्था बनाउन म तपाईहरुसंगै एनआरएन अमेरिकामा सक्रिय भइरहने छु ।

निकै कठोर भएर एनआरएन अमेरिकालाई अझ मबजुत बनाउनु पर्छ भनेर मैले विनाशर्त मुद्दा फिर्ता लिएको हुँ। यसबाट एनआरएन अमेरिकामा सहमति र सहकार्यको वातावरण वनोस भन्ने आग्रह पनि गर्छु । अव छिटो निर्वाचन भई नयाँ कार्यसमिति आओस भन्ने मेरो माग छ । हामी नेपाली समुदायलाई आफ्नो एनआरएन अमेरिकाको नेतृत्व छान्ने जिम्मेवारी छिटो दिन पनि म सम्बन्धित सबैलाई आग्रह गर्छु । तत्काल निर्वाचनका कार्यक्रम सार्वजनिक गर्न मेरो अनुरोध छ ।

अन्त्यमा, यहांहरुले दिनु भएको सहयोग सद्भाव र समर्थनको म सधैँ ऋणी रहने छु ।

धन्यवाद ।

गौरी राज जोशी
टेक्सस ड्यालस – अमेरिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *