२०८१ वैशाख ६ गते | 18th of April 2024

आईतवार लुट

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन २५ गते ५:०४

लस एन्जलस,अमेरिका । फ्रेन्ड्स अफ नेपाल, लस एन्जलस र नेपाल अमेरिका एकता समाजको संयुक्त आयोजनामा आगामी १२ मार्च, २०१७ आईतवार दुई दिनमा दुई करोड रुपैंया ब्यापार गरेर रेकर्ड राख्न सफल बहुचर्चित नेपाली सिनेमा लुट-२ प्रदर्शन हुने भएको छ ।
व्हिटर नगरको स्थानिय व्हिटर सिनेमाघरमा प्रदर्शन हुन लागेको यो चलचित्र लुट – २, लुटको अपार सफलता पश्चात् अर्को भागको रूपमा यस सिनेमा बनाइएको हो ।
नेपाली सिने जगतको परिचय बदल्ने निर्देशकका रुपमा परिचित चर्चित निर्देशक निश्चल बस्नेतको निर्देशन बनेको चलचित्र लुट – २ मा सौगात मल्ल, दयाहांग राई, कर्म शाक्य, ऋचा शर्मा जस्ता ख्यातिप्राप्त कलाकारहरूको अभिनय रहेको छ ।
सामुदायिक एकताको उदाहरणस्वरुप दुवै संस्थाले संयुक्तरुपमा उक्त चलचित्र प्रदर्शन गर्न लागिएको फ्रेन्ड्स अफ नेपालका अध्यक्ष मुकुन्द ढुंगानाले जानकारी दिनु भयो ।

चलचित्र प्रदर्शन :
Venue : Whittier Cinema Hall
Adress : 7038 Greenleaf Ave, Whittier, CA 90602
Time : Sharp 7:30
Date : March 12 2017, Sunday
Ticket : $15.00

Leave a Reply

Your email address will not be published. Required fields are marked *