२०८१ वैशाख ६ गते | 18th of April 2024

विश्वको शिक्षा नेपालमा लागू गर्न सम्मेलन

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ९ गते १६:१४

काठमाडौँ, ९ भदौ । म्यानेजमेन्ट इन्टिच्यूट फर नेशनल डेभलपमेन्ट (माइण्ड) नेपालले विश्वको शिक्षालाई नेपालमा लागू गर्न ‘एडभान्सएड सम्मेलन’ गरिने भएको छ । माइण्ड नेपालले आज पत्रकार सम्मेलन गरी अन्र्राष्ट्रिय स्तरको उच्च माध्यामिक शिक्षा प्रदायक शैक्षिक संस्था (एडभान्सएड)लाई नेपालमा लागू गर्न सम्मेलन गर्न लागिएको जानकारी दिएको हो ।

 

सम्मेलनमा माइण्ड नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल प्रधानले नेपालमा प्रथम पटक उच्च माध्यामिक एवम् माध्यामिक शिक्षा समुदायमा शैक्षिक उन्नतीका लागि आगामी आइतबार -याडिसन होटलमा सम्मेलन गर्न लागिएको जानकारी दिए  । ‘माध्यामिक तथा उच्च माध्यामिक विद्यालयहरुलाई सहयोग गर्नु तथा अधिकतम उच्च गुणस्तरिय शिक्षा प्रणाली नेपालमा लागू गराउनु यस संस्थाको मुख्य उद्धेश्य हो,” प्रमुख कार्यकारी अधिकृत प्रधानले भने  ।

सम्मेलनमा माइण्ड नेपालका प्रमुख कार्यसम्पादन अधिकृत सुजन अर्यालले नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय शिक्षासँग जोड्न यो सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिए  । “उच्च शिक्षाका लागि दिनहुँ विदेशीने युवालाई स्वदेशमा शिक्षा दिने उदेश्यले सम्मेलन आयोजना गर्न लागेका हौँ,”–अर्यालले भने  ।

सम्मेलनमा एडभान्सएडका प्रमुख कार्यकारी अधिकृत डा एन्नेटे बोह्लीङ, एडभान्स एडका एशिया–अष्ट्रेलियका उपाध्यक्ष डा  खेम हुसैन, एडभान्स एड एशिया–अष्ट्रेलिया क्षेत्रीय निर्देशक डा एन्ने म्यारी उल्सेलगायतले नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा पु-याउनका लागि यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए  ।

एडभान्सएडले विश्वका ७० भन्दा बढी मुलुकमा ४० हजारभन्दा बढी उच्च माध्यामिक विद्यालय तथा माध्यामिक विद्यालयमा आफ्नो गुणस्तरिय शैक्षिक प्रणाली लागू गरिसकेको छ । जसमा दुई करोडभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *