२०८१ वैशाख १४ गते | 26th of April 2024

गायक सुराचले यसरी किन दार्जिलिङको बयान गरे (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १० गते ३:२४

काठमाण्डौँ १०  भाद्र । चलचित्र धनपतिबाट चर्चामा आएकी नायिका सुरक्षा पन्तको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नाइनलको सारी बोलको गीतबाट नेपाली सांगीतमा उदाएका गायक सुराच प्रसाईको नयाँ म्युजिक भिडियोमा नायिका सुरक्षा पन्तलाई देख्न सकिनेछ ।

दसैं, तिहार नजिकिदै गरेका बेला विदेशिएका युवाहरुलाई समेटेर तयार पारिएको म्युजिक भिडियोमा गायक प्रसाई आफैंले अभिनय गरेका छन् ।

काठमाडौं, पोखरा, दार्जिलिङ लगायतका ठाउँहरु निकै रमणीय भएको बयान गर्दै उक्त ठाउँहरु आफ्नो प्रमिकालाई घुमाउने रहर म्युजिक भिडियोमा देख्न सकिन्छ ।

यस गीतको शब्द संगित गायक आफैंको छ । म्युजिक भिडियोका बारेमा बोल्दै गायक प्रसाईंले भने ‘मैले यस म्युजिक भिडियोमा गन्धर्व लोक शैलीलाई मोर्डन फ्युजन गरेको छु । यो विदेशीएका युवाहरुको साझा गीत हो ।’

यस म्युजिक भिडियोको निर्देशन बिभोर पोखरेलले गरेका छन् । अघिल्लो वर्ष दसैं अघि युट्युबमा अप्लोड गरिएको यस भिडियो सम्पादनमा केही दृश्य थपघटका लागि भन्दै एकसाता पछि हटाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *