२०८१ वैशाख १२ गते | 24th of April 2024

DFW HIMALAYAS FC को आयोजनामा दोस्रोपटक फुटबल प्रतियोगिता हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन २६ गते ५:२६

DFW HIMALAYAS FC को डालास टेक्सासको आयोजनामा दोस्रोपटक डालासमा 7 A SIDE SOCCER TOURNAMENT – 2nd ANNUAL NEPALI NEW YEAR CUP फुटबल प्रतियोगिता हुँदैंछ । प्रवासमा खेलकुद र नेपाली खेलप्रेमीहरुलाई समेटेर बिशेषत : फुटबल खेलमा खेलाडीहरुलाई सहभागिता र प्रोत्साहन प्रदान गर्न स्थापित ।।ले गत बर्ष आयोजना गरेको प्रतियोगिता भब्यताका साथ सफल भएपश्चात त्यही बल र हौसलाले दोस्रो आयोजना स्वरुप यसपटक पनि प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष दिनेश थापाले बताउनुभएको छ ।

अप्रिल ८ २०१७, शनिवार डालसमा आयोजना हुने प्रतियोगितामा अमेरिका भरिबाट नेपाली फुटबल टोलीले भाग लिने अध्यक्ष थापाले बताउनुभएको छ । मार्च ५ तारिख देखी मार्च ३१ तारिखसम्म सहभागीताका लागि दर्ता समय तोकिएको प्रतियोगितालाई नेपाली समाज टेक्सास (ण्स्ट) र लिटल नेपाल रेस्टुरेन्ट र यती चेम्बरले प्रायोजन गरेका छन । यूएसखबर र खुल्लामन्च मिडिया पार्ट्नर रहेको प्रतियोगितामा बिजयी टीमलाई नगद पुरस्कारको ब्यबस्था गरिएको थापाले जनाउनुभएको छ ।
टेक्सास बाहिरबाट प्रतियोगितामा भाग लिन आउने टीमलाई आवासको ब्यबस्था गरिएको अध्यक्ष थापाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *