२०८१ वैशाख १४ गते | 26th of April 2024

न्यूयोर्क महापुराणमा सबैभन्दा ठुलो दाता नेपाली जनसंपर्क समिती, अमेरिका

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १४ गते ३:०८

गोकुल ढकाल , न्युयोर्क – अमेरीकाको न्युयोर्कमा दुर्गा मन्दिर तथा सामुदायीक भवन (सांस्कृतिक केन्द्र) बनाउने उद्देश्यले गरिएको श्रीमद् भागवत महापुराणको अन्तिम दिन नेपाली जनसम्पर्क समिती, अमेरीका, केन्द्रिय समिती सबैभन्दा ठुलो दाता बनेको छ ।

भवन निर्माणका लागी १ लाख २५ हजार ५ सय ५५ डलर दान गरेपछि अमेरिका स्थित सशक्त प्रवासी सामुदायिक संगठन नेपाली जनसम्पर्क समिती, अमेरीका, केन्द्रिय समिती सबैभन्दा ठुलो दाता बनेको हो ।

जनसम्पर्क समिती अमेरीकाका सभापती आनन्द बिष्ट, समितीका पुर्व संयोजक बिष्णु सुवेदी लगायतका पदाधिकारीको उपस्थितीमा समितीले सो रकमको चेक प्रदान गरेको हो ।

आयोजक रिजउड नेपाली समाजले सबैभन्दा ठुलो दाता जन सम्पर्क समिती अमेरीकालाई धन्यवाद ज्ञापन गरेको छ । सबैभन्दा ठुलो दाताका रुपमा नेपाली जनसम्पर्क समिती दरिएपछि समितीका सभापती बिष्टले नेपालीको एकताको तथा धर्म संस्कृतिको जगेर्नाको लागी हाम्रो एक असल पहलकदमीको रुपमा लिएको प्रतिक्रिया दिनुभएको छ । ‘नेपाली जनसंपर्क समिती, अमेरिका, राजनीति गर्न गठन भएको होईन । समाज, धर्म, संस्क्रिती र राष्ट्रियता जगेर्ना गर्नु हाम्रो पहिलो कर्तब्य हो’, सभापती बिष्टले भन्नुभयो ।’ सभापती बिष्टले थप्नुभयो ‘ बि पि ले भन्नुभएको छ, पहिला समाज बनाउ । हामी तिनै महामानवको मार्गदर्शन गरिरहेका छौं ।’

नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले वाचन प्रविण पण्डित दिनबन्धु पोख्रेल तथा नेपाली राजदुत डा. अर्जुन कुमार कार्की प्रति आभार प्रकट गर्नुभएको छ । अध्यक्ष बिष्टले रिजवुड नेपाली समाजले गरेको सामाजिक कदम र अहोरात्र खट्ने सवैमा कृतज्ञता ज्ञापन गर्नुभएको छ ।

नेपाली जनसम्पर्क समिती, अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ्गले संस्थाले कबुल गरेको रकम समयमा दिईने बताउनुभयो । ‘एक बर्ष भित्र उक्त रकम नेपाली जनसम्पर्क समिती, अमेरिका, केन्द्रिय समितिले गर्नेछ’, महासचिव नेम्वाङ्गले जनाउनुभएको छ । ‘अमेरिकामा बिभिन्न राज्यमा स्थापना हुने सामुदायिक केन्द्रमा सहयोगका लागि नेपाली जनसम्पर्क समिती, अमेरिका, केन्द्रिय समितिले स्थानिय स्तरमा संयोजन गरेर सहयोग पुर्याउने अभियान गर्नेछ ।’

नेपाली जनम्पर्क समिति, अमेरिका, केन्द्रिय समिती, संगठन विभाग प्रमुख बेदप्रसाद खरेलले ‘नेपाली जनसम्पर्क समिति, केन्द्रिय समितिले यो दान कसैसंग प्रतिस्पर्धा गर्न दिएको नभएको’ जनाउनुभयो । ‘साथी भाईहरु संग सल्लाह गरेर रिजवुड नेपाली समाजलाई १ लाख २५ हजार डलर प्रदान गरिएको’ खरेलले जानकारी दिनुभयो ।

नेपाली जनसंपर्क समिती, अमेरिकाका पुर्व संयोजक बिष्णु सुवेदीले ‘समुदायमा हुने धार्मिक र सांस्कृतिक कृयाकलापहरुमा आफुहरु सेवाका लागि सदैव एकता र प्रतिबद्ध रहेको’ जनाउनुभयो । ‘ प्रवासमा संगठन राजनीति गर्न स्थापित भएको हुंदैन, महापुराणमा नेजसको हाम्रो यो सहयोग सामाजिक हितका लागि एकताको अर्को उदाहरण रहेको’ बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *