२०८१ वैशाख ११ गते | 23rd of April 2024

एनआरएन अध्यक्ष डा. केशव पौडेलद्दारा सामुदायिक केन्द्र निर्माणका लागि १ लाख डलर प्रदान गर्ने घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १४ गते ३:२७

(अमेरीका) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाका अध्यक्ष एवम सामाजिक व्यक्ति डा. केशब पौडेलले अमेरिकाका बिभिन्न शहरमा स्थापना हुन लागेका सामुदायीक केन्द्र (कम्युनिटी सेन्टर)का लागी एक लाख डलर सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

एनआरएन अमेरीकाको आगामी कार्यकालका लागी पनि अध्यक्षका प्रत्यासी डा. पौडेलले मंगलबार एक अपिल जारी गर्दै सामुदायीक केन्द्र स्थापना एनआरएन अमेरीकाको एजेण्डा समेत भएकोले बिभिन्न शहरमा स्थापनाको चरणमा रहेका सामुदायीक केन्द्रका लागी आफुले व्यक्तिगत रूपमा एक लाख डलर दिने घोषणा गर्नुभएको हो ।

डा. पौडेलले जारी गरेको अपिलमा रिजउड नेपाली समाजले न्युयोर्कमा स्थापना गर्न लागेको सामुदायिक केन्द्रका लागी दश हजार डलर सहयोग गरेर सामुदायिक केन्द्रलाई प्रदान गरिने सहयोगको शुरुवात गरेको बताउनु भएको छ ।

अमेरीकाका बिभिन्न १५ वटा शहरमा सामुदायिक केन्द्रको स्थापनाको थालनी भएको आफुलाई जानकारी भएको बताउंदै डा. पौडेलले अहिलेको आवश्यकता र सार्थक प्रयासलाई साथ दिन आफुले सहयोगको घोषणा गरेको बताउनुभएको छ ।

समुदायले गर्ने हरेक कार्यमा व्यक्तिगत सहयोग र समर्थन रहने बताउंदै आएका डा. पौडेलले संस्थागत रूपमा पनि सहयोग र समर्थन जारी रहने बताउनुभएको छ ।

डा. पौडेलले जारी गरेको अपिलमा यस्ता उदाहरणिय कार्यका लागी सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । आफ्नो जानकारीमा रहेका १५ वटा सामुदायिक केन्द्रका लागी एक केन्द्र बराबर ५ देखी १० हजार डलर सम्म सहयोग गर्ने योजना रहेको डा.पौडेलले बताउनु भएको छ ।

सामुदायीक केन्द्र निर्माण एनआरएनको मुख्य एजेण्डा समेत भएकोले आफु लगायत सबैको साथ र सहयोगको खांचो रहेको पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *