२०८१ वैशाख ११ गते | 23rd of April 2024

नागढुंगाबाट अवैध लागुऔषधसहित तीन जना पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १६ गते १४:३७

 

 

काठमाडौँ, १६ भदौ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रभागबाट खटिएको टोलीले जनकपुरदेखि काठमाडौँ आउँदै गरेको ना५ख १४३३ नंको यात्रुवाहक बसको झोलामा लुकाई ल्याएको अवस्थामा आज दिउँसो तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी पिपराका शत्रोहनकुमार साह, जनकपुरका चन्द्रबहादुर शाह र धादिङका मनोज परियार रहेका छन् । तीन जनामध्ये चन्द्रबहादुर र परियारलाई शाहको सहयोगमा कलंकीबाट पक्राउ गरिएको प्रभागका प्रमुख ऋषिराम घर्तिमगरले जानकारी दिए ।

पक्राउ परेकाबाट ५९ एम्पुल डाइजेल्याब, ५९ एम्पुल फेनार्गन, ५७ एम्पुल लुपिजेसिक तथा ३०० ट्याब्लेट नाइट्रापाम बरामद गरिएको छ ।

यसैगरी आज बिहान वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना६ख १४६१ नंको बसमा फेर्नागन ३० एम्पुल, नुर्फिन ३० एम्पुल र डाइजेल्याब ३० एम्पुल फेला पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *