२०८१ वैशाख ११ गते | 23rd of April 2024

संयन्त्रमा बांधिने एनआरएन अमेरिका बनाउन भूमिका खेल्नेछु – एनआरएन अमेरिका, वरिश्ठ उपसभापती पदका प्रत्याशी सुनिल शाह

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १६ गते १८:१८

गोकुल ढकाल
लस एन्जलस, अमेरिका ।  

धनुषा जिल्लाको गाउंमा जन्मेर प्रारम्भिक शिक्षा हुंदै, सपनाको ‘नेपाल शहर’ – काठमान्डौंबाट उच्च शिक्षा हासिल गरी करिब १४ बर्ष अगाडीदेखी सात समुन्द्र पारीको ‘सपनाको देश’ मा नेपाली समुदायका बिभिन्न तह र तप्कामा सकृय अमेरिकी नेपाली समाजमा स्थापित एउटा नाम हो, ईन्जिनियर सुनिल शाह । 

चर्चित एनआरएन अमेरिकाको पर्सी हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदक प्रत्याशी ईन्जिनियर सुनिल शाह ‘आफुले जिते संस्थालाई सरलिकरणका लागि संयन्त्रमा’ स्थापित गराउन भूमिका खेल्ने बताउनुहुन्छ । ईन्जिनियरिङ्ग अध्ययननको अनुभव, अमेरिकाको डालस राज्यमा प्रबिधी ब्य्वसायिक कम्पनीका मालिक सुनिल शाह ‘सबैले आफुले जानेको कुराहरु मिसाएर चल्ने संस्था ‘मिठो’ हुने’ बताउनुहुन्छ । ‘म आईटीको अनुभव भएको ब्यक्ती, मैले जानेका प्रविधीसंग सम्बन्धित बिषयबस्तुहरु एनआरएन, अमेरिकामा जडान गर्न चाहन्छु, जसलाई प्रबिधियुक्त संयन्त्र भनिन्छ । जसरी शरीरका संयन्त्र सही ढंगले चले ज्यान र जीवन स्वस्थ हुन्छ, त्यसरी नै स्वस्थ एनआरएन अमेरिका बनाउने धोको छ,’ शाह थप्नुहुन्छ ।

बिगत १४ बर्षदेखी अमेरिकामा सेवा र सकृयाताले अबिचलित लाग्नुभएका शाह नेपाल सरकारसंग प्रत्यक्ष डिल गर्न सक्ने सरकारद्दारा मान्यताप्राप्त एनआरएन भएकोले सामुदायिक बिकास र सेवाका लागि अधिकारिक रुपमा काम गर्न सकिने भएकोले आफुले एनआरएनको निर्वाचनमा वरिश्ठ उपसभापती पद रोजेको बताउनुहुन्छ । त्यसो त एनआरएन अमेरिकाका वर्तमान सल्लाहकार शाह प्रवासी नेपालीहरुको समस्या सामाधान गर्ने छाता संगठन भएकोले मात्र नभै नेपाल सरकारसंग संस्थाको समिप्यताका हिसाबले ‘प्रवासी नेपालीहरुको हित, सामुदायिक सेवाका प्रारुपहरु, जन्मभुमीप्रतिको माया एवम धर्म र संस्क्रितीका संरक्षणका लागि ‘पोलिसी निर्माण गर्न’ आफु लागिपर्ने बताउनुहुन्छ ।

गाउंदेखी शहर, शहरदेखी सपनाको मुलुक । जिन्दगीमा दु:ख सुखका धेरै आरोह-अवरोह पार गरेको सुनाउनुहुने शाह ‘जिन्दगीको रफ्तारको भोगाईले नै जिन्दगी सिकाउने’ बताउनुहुन्छ । ‘ भोगाईको संघर्शले सिकाएको अनुभवले आर्जेको खुशी र सफलता शेयर गरिने प्रोसेसलाई ‘सामुदायिक सेवा’ भनिन्छ, भन्नुहुन्छ । ‘यो लामो कठोरताको भोगाईले जीवनमा प्राप्त सफलअता र खुशीको अनुभब बांडेर एनआरएन, अमेरिकालाई सेवामुलक, प्रविधियुक्त र विश्वासिलो बनाउन लागिपर्नेछु’ शाह थप्नुहुन्छ ।

पारदर्शी संस्था बनाउन लागिपर्नु सम्पूर्ण एनआरएनहरुको कर्तब्य रहेको जनाउनुहुने ‘मधेशी एसोसियशन, अमेरिका’ का अध्यक्ष शाह १४ बर्ष अमेरिकाका बिभिन्न संघ-संस्थाहरुमा लागेर आर्जन गरेको अनुभव, ईन्जिनियरिङ्गग पेशा, आफु मालिक भएको आईटी कम्पनीको प्राबिधिक शिक्षा र आफ्नो निरन्तर लगावका माध्यमबाट प्रवासिएका नेपालीहरुका सामाजिक एवम पारिवारिक समस्याहरुका समाधानका सेतु बन्न एनआरएन, अमेरिकाको निर्वाचनमा वरिश्ठ उपसभापती पदमा आफु प्रत्याशी भएको बताउनुहुन्छ ।

टेक्सासको डालसमा बसोवास गर्नुहुने शाह एनआरएनका आईसिसि र एनसिसिका विभिन्न टास्क फोर्स र कमिटीमा रहेर काम गरिसक्नुभएको छ । ‘मेरो काम पुल बन्ने हो,’ शाहले बताउनुभयो । ‘एउटा पक्की पुल, जसमार्फत सेवा र विश्वाशका कर्तब्यहरु पार होउन । धेरै लामो घोषणा -पत्रमा म विश्वाश गर्दिन । विश्वाश काममा गर्नुपर्छ,’ शाह थप्नुहुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *