२०८१ वैशाख ८ गते | 20th of April 2024

दुई हातविहीन पाइलट जेसिकालाई नेपालमा सम्मान

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १८ गते १६:४२

काठमाडौं, १८ भदौ । जन्मँदै दुई हात नभएकी तर १० हजार फिटमाथि विमान उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई यहाँ सम्मान गरिएको छ ।

नयाँ वानेश्वरस्थित नर्थन लाइट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजी ९नाट०ले उक्त सम्मान गरेको हो ।

उड्डयन क्षेत्रमा जेसिका विश्वकी एकमात्र विशाल प्रतिभासहित उत्प्रेरणाको स्रोत रहेको जनाउँदै नाटले उनलाई सम्मान गरेको छ । ह्यान्डिकेप्ट इन्टरनेशनलकी विश्व सद्भावना राजदूत जेसिकाले उड्डयन एउटा जोखिम र जनभावनाको पेशा रहेको सम्मानका क्रममा बताइन ।

अमेरिकन तेक्वान्दो एशोसिएशनकी ब्ल्याक बेल्टसमेत रहेकी जेसिकाको जन्म नै ‘कठिन’ मध्येको एक मानिन्छ । एरिजोना विश्वविद्यालयबाट मनोविज्ञानमा स्नातक जेसिकाले सूचनाको विषयमा पनि अध्ययन गरेकी छन ।

चौध वर्षको उमेरदेखि कृत्रिम हातको सहारा छाडेकी जेसिका खुट्टाले गाडी चलाउने, प्रति मिनेट २५ शव्द टाइप गर्ने क्षमता राख्नुहुन्छ । सन् २००५ मा विमान उडाउन शुरु गरेकी उनले सन् २००८ मा पाइलटको लाइसेन्स पाएकी थिइन ।

जेसिका विश्वका लागि उदाहरणीय पात्र रहेको विमान चालक विजय लामाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *