२०८१ वैशाख ७ गते | 19th of April 2024

पोर्चुगलले जित्यो, तर स्वीट्जरल्याण्ड भन्दा पछि

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १९ गते २:३१

भदौ १९ एजेन्सी / विश्वकप फुटबल २०१८ को छनौट खेलमा युरोपियन च्याम्पियन पोर्चुगल र स्वीट्जरल्याण्ड विजयी भएका छन् । पोर्चुगलले हंगेरीलाई  १–० ले हराउदै विजयी भयो भने स्वीट्जरल्याण्डले लात्भियालाई ३–० ले हराउदै विजयी भएको हो ।

युरोपियन क्षेत्रको छनौट अन्तर्गत आइतबार राति भएका खेलमा पोर्चुगल र स्वीट्जरल्याण्ड विजयी भएका हुन ।

पोर्चुगलसंगको खेलमा ३० औं मिनेटमा प्रिस्कीन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि हंगेरी १० खेलाडीमा सीमित भयो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुमा नै पोर्चुगलले गोल गर्‍यो । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको जितमा ४८ औं मिनेटमा भ्यालेन्टे सिल्भाले गरेको गोल नै निर्णायक बन्यो ।

यस्तै आइतबार राति नै भएको खेलमा स्वीट्जरल्याण्डले लात्भियालाई ३–० ले हरायो । स्वीट्जरल्याण्डलाई जिताउन हारिस सेफेरोविक, ब्लेरिम डिजेमाइली र रिकार्डो रोड्रिग्वेजले गोल गरे । जिपछि ८ खेलबाट २४ अंकसहित स्वीट्जरल्याण्ड समूहको शीर्ष स्थानमा छ । पोर्चुगल २१ अंकसहित दोस्रो स्थानमा छ । समूह ‘बी’ अन्तर्गत राति नै भएको खेलमा फारोइ आइल्याण्डले एन्डोरालाई १–० ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *