२०८१ वैशाख ७ गते | 19th of April 2024

बेनिशा हमालको दमदार अभिनय, पिउिँदा पिउँदै फाट्यो जिन्दगी

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २३ गते १४:४७

काठमाडौँ  । गायक तथा संगीतकार तुला पर्वतको स्वर र संगीत रहेको गीतको नयाँ भिडियो सार्वजनिक भएको छ । पिउिँदा पिउँदै फाट्यो जिन्दगी, साइनो गाँसौ भन्दा छुट्यो जिन्दगी बोलको गीतलाई झकेन्द्र शर्माले लेखेका हुन् ।

सार्वजनिक गीतमा चर्चित नायिका बेनिशा हमालको दमदार अभिनय रहेको छ । अभिनयमा बेनिशालाई गायक तथा संगीतकार तुला पर्वत स्वयमले साथ दिएका छन् ।

गीतले चोखो माया भित्रको सर्मपणका भावनालाई नजिकबाट केलाएको छ । प्रेम प्राप्ती मात्रै होइन त्याग पनि हो भन्ने सन्देश दिन खोजेको गीतलाई निर्देशक युवराज वाइवाले निर्देशन गरेका हुन् ।

जसलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने उत्सब दाहालले छायांकन गरेका छन् । गीतमा किरण कँडेलको एरेन्ज रहेको छ भने गीतको अडियो तथा बजार ब्यबस्थापन वाइड स्क्रिन मिडियाले गरेको छ ।

अन्य समाचारका लागि हाम्रो फेसबुक पेज लाइक गर्नुहोला साथै यहाँहरु पनि यस्तै गीत संगीत ल्याउदै हुनुहुन्छ भने हामीलाई भन्नु होला हामी सपोट गर्नेछौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *