२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

लसएन्जलसका महिलाले मनाए – महिला दिवस

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन २७ गते ५:४३

शारदा श्रेष्ठ । लस एन्जलस, अमेरिका ।

विश्वभर मार्च ८ लाई महिला दिवस मनाईने अवसरमा १०७ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवस लस एन्जलसका महिलाहरुले पनि भब्य कार्यक्रम गरी मनाए ।

एनआरएन अमेरिका, एनडब्ल्युजीएन तथा एसएएनएन क्यालिफोर्नियाको संयुक्त आयोजनामा लस एन्जलस र यस् क्षेत्र वरपर बस्ने महिलाहरुले नेपाली समुदायका सदस्यहरुका बिच बुधवार स्थानिय आर्टेसिया नगरमा एक भब्य कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रमको उद्घाटन जेष्ठ महिला भद्रिका सिवाकोटीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी वाणिज्यदुत ॠषि ढकाल लगायत एनआरएन आईसिसी सदस्य दिल श्रेष्ठ, एनआरएन अमेरिकाकी सह-सचिब संगीता लम्साल सिवाकोटी, एनआरएन आईसिसी WOMEN IMPOWERMENT TASK FORCE MEMBER उमा कार्की थापा एवम् बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूले महिला हक हित र अधिकारका सन्दर्भमा आ-आफ्नो मन्तब्य राख्नु भएको थियो ।

विश्वका अन्य मुलुकमा जस्तै नेपाली महिलाहरू पनि संसारभर छरिएर आ-आफ्नो पेशा ब्यवसाय र कर्म क्षेत्रमा अब्बल रुपमा आफुलाई उभ्याउन सक्षम देखिएका छन । पुरुषसंग कांधमा कांध मिलाएर आफ्ना कर्तब्यपथमा अगाडि लम्किरहेका छन् । जहाँ जहाँ नेपाली पुरुषहरु पुगेका छन्, त्यहाँ नेपाली महिलाहरू कदममा कदम मिलाएर साथ दिईरहेका छन । सपनाको संसार मानिने हाम्रो कर्मभुमी संयुक्त राज्य अमेरिकामा महिला र पुरुष झन्डै बराबरी संख्यामा महिलाहरुको उपस्थिती छ । अति विशिष्ट श्रेणीको सरकारी सेवा देख़ि श्रमिक लगायत अन्य पेशा ब्यवसायमा नेपाली महिलाहरूको उपस्थिति उल्लेख्य मात्रामा बढी रहेको उदाहरणहरु छन ।

महिलाहरुले आफु महिला भएकोमा गर्व गर्दै प्रवासी यो बिरानो मुलुकमा एक अर्काको सहयोगी बनौं भन्ने भावनाको साथ सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व शारदा श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको दोश्रो चरणमा सांस्कृतिक कार्यक्रम स्वरुप लस एन्जलस वासी महिला दिदी बहिनीहरूले नृत्यकला मार्फ़त आ-आफ्नो प्रतिभा प्रस्तुत गरेको थिए ।

कार्यक्रममा एनडब्ल्युगीएनको नयाँ कार्यसमिति चयन गर्दै सो कार्यक्रमको समापन गरिएको थियो । एनडब्ल्युगीएनको नयाँ कार्यसमितिमा निर्वाचित पदाधिकारीहरु निम्न रहेका छन :

अध्यक्ष -अमृता गैरे
उपाध्यक्ष – रीता पौडेल
महासचिब – गोमा मिश्र
सचिब – निर्मला पौडेल
कोषाध्यक्ष – रोशना आचार्य
सदस्यहरु :
माया श्रेष्ठ
अमिता पौडेल
कल्पना नेपाल पौडेल
ममता बुढाथोकी
मेडीना सिटौला र
नन्दा शाही ।

कार्यक्रमको सन्चालन रीता पौडेल र अमृता गैरेले संयुक्त रुपमा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']