२०८१ वैशाख ११ गते | 23rd of April 2024

घैरुङमा भूकम्प स्मृति कप फुटवल

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन २८ गते ५:२५

पोखरा, फागुन २८ ।
गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ६ घैरुङमा दोश्रो भूकम्प स्मृति कप फुटवल प्रतियोगिता हुने भएको छ । नयाँ बर्षको अवसर पारेर घैरुङ स्थित गैरीछापमा रहेको नवजिवन यूवा क्लवले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको तयारी तिव्र पारिएको छ । ‘७२ सालको भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा प्रतियोगिता आयोजना गरिएको हो, खेल संयोजक शिव श्रेष्ठ भन्छन्–यसबाट जोगिएको रकम भूकम्प पीडितलाई सहयोग गर्छौं ।’
प्रतियोगिताको बिजेता टीमले ५५ हजार ५ सय ५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपबिजेताले ३० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । तेश्रो हुने टीमले २० हजार मेडल र प्रमाणपत्र पाउने श्रेष्ठले जानकारी दिए । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट स्ट्राईकर र उत्कृष्ट कोचलाई समेत मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको छ ।
सेमी फाईनलको खेलहरुमा प्रत्येक खेलको म्यान अफ दि म्याच समेत पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि टीम दर्ता गर्न ५ हजार १ सय ५१ रुपैयाँ शुल्क र ५ सय रुपैयाँ धरौटी तिर्नुपर्ने क्लवका अध्यक्ष आशिष श्रेष्ठले जानकारी दिए । नाईन ए साईड प्रतियोगिताका लागि चैत २८ भित्रै टीम दर्ता गरिसक्नुपर्ने छ ।
सोही अवसरमा राष्ट्रिय स्तरका कलाकारहरुले सांस्कृतिक प्रश्तुती समेत राख्नेछन् । दीपसागर थापा, शान्ति कठायत, साजन श्रेष्ठ, रुपी सन्ज्याली, सचिन बैरागी लगाएतको प्रश्तुती हुने आयोजक नबजीवन यूवा क्लवले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *