1

सिटीको लागि डेल्फको गरेको गोल बन्यो निर्णायक

416 पटक पढिएको

असोज ८ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिडर म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ५–० ले हराएको हो । सिटीको जितमा रहिम स्ट्रर्लिङले दुई तथा लिरोय साने, सर्जियो अग्यु्रो र फाबियन डेल्फले एक एक गोल गरे । ४४ औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाएका हुन् । दोस्रो हाफमा सिटीले थप चार गोल गर्‍यो । ५१ र ५९ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेपछि सिटीको अग्रता ३–० मा पुग्यो । ७९ औं मिनेटमा अग्युरो र ८९ औं मिनेटमा डेल्फले गोल गर्दै सिटीलाई ५–० को जित दिलाए । जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६ खेलबाट १६ अंक भएको छ । समान १६ अंक भएको म्यानचेस्टर युनाइटेड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । राति नै भएको खेलमा वाट्फोर्डले स्वान्सी सिटी तथा एभर्टनले बोर्नमाउथलाई समान २–१ ले हरायो ।

तपाईको प्रतिक्रिया

भक्तपुर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारप्रतिको असन्तुष्टि.. ...

लस एन्जलस - नेपाली सुगम संगीतका चर्चित गायक तथा शास्त्रीय संगितमा जादुमय आवाजका धनी शिव.. ...

काठमाडौं - समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका युवाहरुले बढ्दो महिला हिंसा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...