२०८१ वैशाख १३ गते | 25th of April 2024

ओखलढुंगामा एकैसाथ दुइ स्थानमा भलिबल प्रतियोगिता, लिला बल्दव दाहालले गरे उद्घाटन

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ८ गते १६:३१

ओखलढुंगा ८ असोज । ओखलढुंगाका युवाहरुलाई लक्षित गरेर एकैसाथ दुइ स्थानमा भलिबल प्रतियोगितको आयोजना गरिएको छ । ओखलढुंगाको मोलुङ गाउपालिका वडा नं. ४ स्थित रुपटार र सिद्धिचरण नगारपालिकामा नगरपालिका स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।
तीन दिनसम्म चल्ने दुवै प्रतियोगिताको आर्थिक संयोजन नेपाली कांग्रेस ओखलढंगाका महाधिवेशन प्रतिनिधि लिला बल्दव दाहाल (काका) ले गरेका छन । दाहाले यस अघि पनि फुटबल प्रतियोगिताको आयोजना गरेका थिए ।
स्थानीय फ्रेण्डशीप क्लब मोलुङ संगको सहकार्यमा प्रतियोगिताको आयोजना गरिएको दाहालले बताए । दाहालका अनुसार मोलुङमा आयोजना गरिएको भलिबल प्रतियोगितामा जम्मा १० वटा टीम सहभागी रहेका छन । प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैया, द्धीतीय हुनेले १० हजार रुपैया र तृतीय हुनेले ५ हजार रुपैया पुरस्कार प्रदान गरिने दाहालले बताए ।
त्यसैगरी नगरपालिका स्तरीय भलिबल प्रतियोगितामा सातवटा टीम सहभागी भएका छन । सिनपामा आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार भन्दा माथि मुल्यको खसी, दोश्रो हुने टिमलाई १२ हजार भन्दा माथि मूल्य पर्ने खसी र तेश्रो हुने समुहलाई १० हजारको खसी पुरकार स्वरुप प्रदान गरिने जनाइएको छ । प्रतियोगिता ३ दिन सम्म चल्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *