२०८१ वैशाख ८ गते | 20th of April 2024

टेलिकमको लापरबाहीका कारण पर्यटकलाई शास्ती

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ८ गते १६:५७

बर्दिया ८ असोज । नेपाल टेलिकमको लापरबाहीका कारण पर्यटकलाई शास्ती भएको छ । टेलिकमले बिग्रिएका सोलार ब्याट्रीहरूको मर्मत नगर्दा पर्यटकीयस्थल बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले समस्या भोग्नुपरेको छ। ठाकुरद्वारा क्षेत्रमा रहेको नेपाल टेलिकमको टावरमा विद्युत आपूर्ति बन्द हुँदा मोबाइल, ल्यान्डलाइन फोन तथा इन्टरनेट प्रयोग गर्न समस्या भएको पर्यटकहरू बताउँछन्।
टेलिकमको टावरमा प्रयोग गरिएको सोलार ब्याट्री बिग्रिएका कारण र व्याकअप नहुँदा नेटवर्कमा समस्या भएको हो। विद्युत आपूर्ति नियमित नभएका कारण नेटवर्कमा समस्या आउँदा पर्यटकहरूले फोन तथा इन्टरनेटको प्रयोगमा समस्या झेल्नु परेको पर्यटन विकास मंचका अध्यक्ष मोहन चौधरीले बताए। बिजुली भएको बेला नेटवर्क आउने र बत्ती जाँदा नेटवर्क जाने भएकाले विद्युत आपूर्ति नियमित नहुँदा र टेलिकमले बिग्रिएका सोलार ब्याट्री समयमा मर्मत नगर्दा लामो समय बस्ने गरी आएका पर्यटकले बसाइ छोट्याउने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *