२०८१ वैशाख १४ गते | 26th of April 2024

ब्राइटनले जित्यो, हेमद नायक

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ९ गते ०:५३

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा न्युक्यासल युनाइटेडलाई हराउदै ब्राइटन विजयी भएको छ । खेलमा ब्राइटनले न्युक्यासल युनाइटेडलाई १–० ले हराएको हो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ब्राइटनलाई जिताउन ५१ औं मिनेटमा ओमर हेमदले गरेको गोल नै निर्णायक बन्यो । लिगमा अघिल्ला तीन जितेको न्युक्यासलले गोल गर्ने मौका सिर्जना गरेको थियो । तर त्यसमा सफल भने हुन सकेन । जितपछि ६ खेलबाट ७ अंक जोडेको ब्राइटन १३ औं स्थानमा उक्लिएको छ । ९ अंकसहित न्युक्यासल नवौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *