२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

हिमालयन शेर्पालाई हराउँदै एपिएफ दूधे गोल्ड कपको फाइनलमा

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ९ गते १३:१२

 

झापा, ९ असोज । दूधे गोल्ड कपको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ टिम पुगेको छ । झापाको शिवसताक्षी नगरपालिकामा जारी खेलमा हिमालयन शेर्पालाई २–१ को अन्तरले हराउँदै एपिएफ फाइनल पुगेको हो ।
सशस्त्रका लागि हरि कार्की र युवराज खड्काले गोल गर्दै जित सुनिश्चित गरे । पहिलो हाफको १५ औं मिनेटमा हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अब्बाको पासलाई सदुपयोग गर्दै विके लामाले हेडिङमार्फत गोल गरेका थिए । उनको प्रहार एपिएफका गोल रक्षक राजु नगरकोटीको हातमा छोएर पोष्टको जाली छोएको थियो ।

सशस्त्रका मिलन राईको पासमा हरि कार्कीले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा पु¥याए । दोस्रो हाफको ३७ औं मिनेटमा सशस्त्रका युवराज खड्काले पनि हेडिङ मार्फत गोल गरेका थिए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका विजेता सशस्त्रका श्याम नेपालीलाई म्यान अफ द म्याचको उपाधी दिइयो । एपिएफले उपाधिका लागि चर्च ब्वाइज युनाइटेडसँग आउँदो बुधबार खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']