गतवर्षको तुलनामा २२ प्रतिशतले राजस्व वृद्धि

199 पटक पढिएको

काठमाडौं १० असोज । आर्थिक वर्ष २०७४र०७५ भदौ महिनासम्मको राजस्व संकलनको लक्ष्य ३६ अर्ब ६७ करोड ९१ लाख ३९ हजार रहेकामा ३५ अर्ब २७ करोड ३ लाख ४९ हजार संकलन भई लक्ष्यको तुलनामा ९६ प्रतिशतको प्रगति भएको छ ।
गएको वर्षको असुलीको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ । शीर्षकगत रूपमा हेर्दा आयकरतर्फ झण्डै १४ अर्व २३ करोड, मूल्य अभिवृद्धि कर १२ अर्ब ९० करोड र अन्तःशुल्कतर्फ सात अर्ब ७३ करोड संकलन भएको छ । यो रकम लक्ष्यको तुलनामा आयकरतर्फ ९२ प्रतिशत, मूल्यअभिवृद्धि करतर्फ ९७ प्रतिशत र अन्तःशुल्कतर्फ १०५ प्रतिशत हो ।
त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः झण्डै १५ करोड ६६ लाख र रु २५ करोड चार लाख संकलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत र स्वास्थ्यसेवा करतर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको छ ।
गएको वर्षको तुलनामा आयकर वृद्धिदर १७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत, अन्तःशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २२ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३ प्रतिशत छ । आन्तरिक राजस्व विभागलाई आव २०७४र०७५ का लागि झण्डै तीन खर्ब राजश्व संकलन लक्ष्य तोकिएको छ ।
आइतबार आयोजित समीक्षा कार्यक्रममा विभागका महानिर्देशक किशोरजंग कार्कीले महालेखा परीक्षकको टोलीसँग डोरमै बेरुजु सम्परीक्षण गराउन, बेरुजु नउठ्ने गरी कार्य गर्न, अन्तिम तहसम्मको कानुनी कारबाही गरी वक्यौता असुली गर्न र कर परीक्षणमा गुणस्तरीयता कायम गर्न प्रमुख कर प्रशासक तथा प्रमुख कर अधिकृतलाई निर्देशन दिए ।
विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलले गएको आर्थिक वर्षमा कर बुझाएका करदाताले यस आर्थिक वर्षमा कर नबुझाएको देखिएकाले यसको कारण पहिचान गर्न निर्देशन दिनुभयो । उपमहानिर्देशक शंकरप्रसाद खरेलले २१ बुँदे घोषणापत्रको कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिए ।
कार्यक्रममा अनुगमन शाखाका शाखा अधिकृत कमल लामिछानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै काठमाडौंस्थित आन्तरिक राजस्व विभागअन्तर्गतका सबै कार्यालय प्रमुखले आआफ्नो कार्यालयको प्रगति विवरण प्रस्तुत गरेको विभागले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

बाना सर्यो आफ्नै सामुदायिक भवनमा

विजय थापा - बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) औपचारिक रुपमा आफ्नै सामुदायिक.. ...

मिचिएको सीमामा जाँदै नेविसंघ

काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ वीरगञ्जमा भारतले मिचेको सीमाको अवलोकनका.. ...

चर्चित नायिका केकी अधिकारीको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को C O W सार्वजानिक

नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत ‘सी ओ डब्लु.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate