२०८१ वैशाख ७ गते | 19th of April 2024

एनआरएन अमेरिकालाई दुईटा एनसीसी बनाउन माग

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज १६ गते २०:१५

गोकुल ढकाल , अमेरिका । एनआरएन, एनसीसी अमेरिकालाई दुईटा एनसीसी बनाउन माग गरिएको छ । एनआरएनको विश्व सम्मेलनको पुर्व संघारमा भर्खरै निर्वाचन सम्पन्न गरी नयाँ कार्यसमिती पाएको एनआरएन अमेरिकालाई दुईटा एनसिसी बनाउने प्रस्ताव अघि सारीएको छ । एनआरएन आईसिसीका वर्तमान सदस्य दिल श्रेष्ठद्दारा क्षेत्रफल, सदस्य संख्या र पायकीका आधारमा एनआरएन, अमेरिकालाई दुइटा एनसिसी बनाउन माग गरेका छन ।

एनआरएनका केन्द्रिय अध्यक्ष शेष घलेलाई श्रेष्ठद्दारा पठाईएको पत्रमा ‘युरोप र केही मुलुकमा थोरै जनसंख्या रहेको एनसीसी सकृय रहेको अवस्थामा सबैभन्दा ठुलो एनसीसी एनआरएन अमेरिकालाई सेवालाई चुस्त बनाउन दुईटा एनसीसीको रुपमा विस्तार गरिनुपर्ने’ माग प्रस्तुत गरेका छन । ‘अध्यक्ष अमेरिकाका सबै भागमा पुग्न असमर्थ हुनेहुंदा च्याप्टर र समुदायका निर्णयमा संस्थाको प्रभावकारी भूमिका नहुनेहुंदा अधिकार र भूमिका बिकेन्द्रिकरणका लागि’ एनआरएन अमेरिकालाई दुईटा एनसीसी बनाउन माग गर्दछु’ आईसिसीको निर्वाचनमा अमेरिकाज क्षेत्रका लागि उप-संयोजक पदका उम्मेद्वार श्रेष्ठले उल्लेख गरेका छन ।

आईसीसी सदस्य तथा क्षेत्रिय उप-संयोजक (डीआरसी) उम्मेद्वार दिल श्रेष्ठद्दारा ग्लोबल सम्मेलनमा प्रस्तुत गर्नाका लागि एनआरएन अध्यक्ष शेष घलेलाई पठाईएको पत्र :

श्रीमान शेष घलेज्यू,
अध्यक्ष
एनआरएन, अाईसीसी ।

महोदय,

उपरोक्त सम्बन्धमा एनआरएन आईसिसिको यहाँंसम्मको यो महान यात्रामा अध्यक्षज्यूको कुशल नेत्रित्व, अनवरत सकृयता र मध्यस्थकारी भूमिकाका लागि हार्दिक बधाई दिन चाहन्छु । अध्यक्षज्यूको गहन संलग्नताले धेरै सकरात्मक कार्यहरु सम्पन्न भएका छन । जन्मभुमिमा आईपरेका भयानक समस्याहरुमा अध्यक्षज्यूले निर्वाह गर्नुभएको अभिभाकत्वप्रति सिंगो एनआरएन नतमस्तक छ, आभारी छ ।

बिभिन्न आरोह अवरोह पर गर्दै एनआरएन यो एेतिहासिक विश्व सम्मेलनको दैलोमा आएको छ । राम्रा भएका कार्यहरुको निरन्तरता, अधुरा रहेका पुनर्निर्माणका कार्यहरुमा हातेमालो र संस्थालाई चुस्त र दुरुस्त राख्न संस्थालाई अझै विस्तारित गर्नुपर्ने कर्तब्यहरु हाम्रा सामु छन । सबै प्रवासी नेपालीको साझा संगठन एनआरएनलाई अझ बढी प्रभावकारी र सेवकआ खातिर जनस्तरसम्म पुग्नु भनेको ‘संगठन विस्तार’ नै हो । विश्व सम्मेलनको यो अन्तिम संघारमा संगठनको संजाल विस्तारका लागि केही प्रस्तावहरु आदरणीय अध्यक्षज्यू मार्फत ‘आईसिसीको बैठकमा पेश गर्नाका लागि’ प्रस्तुत गरिदिनुहुन बिनम्र अपिल गर्दछु ।

आदरणीय अध्यक्षज्यू,
संस्थाको बल र ईज्जत भनेको जनाधार हो । सबैभन्दा ठुलो कुरो संस्थाको ईकाई बिस्तार हो । युरोप र अन्य केही मुलुकमा सकृय एनसिसीका जनसंख्याका आधारले एनआरएन, एनसिसी, अमेरिका ठुलो छ । मुखमा रहेको हाम्रो विश्व सम्मेलनसम्म सबैभन्दा बढी सदस्य संख्या रहेको एनआरएन अमेरिकालाई क्षेत्रफल, पायक, सकृयता र संख्याका आधारमा दुईटा एनआरएन एनसिसी, अमेरिका निर्माण गरिनुपर्दछ भन्ने प्रस्ताव आदरणीय अध्यक्षज्यू मार्फत मैले यो एजेन्डा अघी सारेको अवगत गराउन चाहन्छु ।

एनआरएन, एनसीसी, अमेरिकाका अध्यक्ष ‘सेवाभाव बोकेर’ हरेक क्षेत्रमा भौतिक रुपमा सदैव उपस्थित हुन सक्दैनन । फलस्वरुप, स्थानिय च्याप्टरमा गर्नुपर्ने असल निर्णयहरु प्रभावित हुने डर हुन्छ । ग्रास रुसम्म पुगेको संस्थाको छबी र बिश्वसनियतामा दख्खल पुग्ने भयलाई चिर्न
शक्ती बिकेन्द्रिकरणको सिद्दान्तनुरुप समाजजिक सेवामा हाम्रो उपस्थिती हुनुपर्दछ भन्ने मेरो मान्यता हो । अत: क्षेत्रफल, भुगोल र सदस्य संख्याका आधारमा सेवालाई प्रभावकारी बनाउन एनआरएन अमेरिकालाई दुईटा एनसिसी बनाउनु पर्दछ भन्ने मेरो एजेन्डा रहेको बिनम्र जानकारी गराउन चाहन्छु ।

भाषागत बुझाईमा ‘एनआरएन अमेरिकालाई दुई चिरामा बिभक्त गर्ने लागिपरेको’ आरोप म माथी आउला । जुन स्वाभाविक छ । तर मैले माथी नै उल्लेख गरें कि जनसंख्याका हिसावले धेरै कम सदस्य संख्या रहेका युरोप र केही मुलुकमा एनसिसीहरु सकृय छन । तर भोली बढ्ने क्रममा रहेको अहिलेको सबैभन्दा ठुलो एनसिसी : एनआरएन अमेरिका भुगोलका हिसाबले पनि त्यत्ती पायकी देखिंदैंन । यसलाई ‘एनसीसी ईस्ट र एनसिसी वेष्ट’ का रुपमा सकृय गराउन सके हामी जनमानसको दैलोमा सेवाभावले पहुंच सहित उपस्थित हुन सक्दछौं भन्ने मेरो ठम्म्याई छ ।

अत: भुगोल, सदस्य संख्या, सकृयता र संगठन विस्तारका हिसावले एनआरएन, एनसिसी अमेरिकालाई ‘दुईटा एनसिसीको रुपमा’ विस्तार गरियोस भन्ने मेरो जोडदार माग आदरणीय अध्यक्षज्यू मार्फत आईसिसीको बैठकमा प्रस्तुत गरिदिनुहुन स-विनय अनुरोध गर्दछु ।

धन्यवाद । जय एनआरएन ।

भवदिय
दिल श्रेष्ठ
सदस्य
एनआरएन आईसिसी तथा
उम्मेद्वार
डिआरसी (क्षेत्रिय उप-संयोजक) एनआरएन अमेरिकाज
हाल : लस एन्जलस, अमेरिका ।

 

बोधार्थ:
श्रीमान डा. बद्री केसीज्यू, महासचिव एनआरएन आईसिसी ।
श्रीमान सोनाम लामाज्यू, क्षेत्रिय संयोजक, एनआरएन अमेरिकाज ।
श्रीमान एसी शेर्पाज्यू, क्षेत्रिय उप-संयोजक, एनआरएन अमेरिकाज ।
श्रीमान/श्रीमती, सदस्यज्यूहरु, एनआरएन आईसिसी ।
श्रीमान डा. केशव पौडेलज्यू, अध्यक्ष, एनआरएन, एनसिसी अमेरिका ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *