२०८१ वैशाख ११ गते | 23rd of April 2024

एमाले माओवादी एकीकरण कि विलिन ?

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज १७ गते १५:१३

-कमल फुयाल, 
नेकपा एमाले र माओवादी केन्द्रले गरेको चुनावी तालमेलसँगै पार्टी एकीकरणका लागि गरिएको सहमत यतिबेला चर्चाको बिषय बनेको छ । बामशक्तिहरुको भनाइलाई आधार मान्ने हो भने बामशक्तिको एकताका लागि पार्टी एकीकरण भनिन्छ तर पहिले देखिको इतिहास खोतल्दै जाने हो भने यो कुनै एकीकरण नभएर माओवादी पार्टी विलयको संज्ञा हो भन्दा दुइमत देखिदैन ।

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचन माओवादी पहिलो पार्टी बन्न सफल भयो । चाहे त्यो बुथ कब्जा गरेरै भएपनि इतिहास लेख्न सफल भएको पार्टी माओवादी विस्तारै विभिन्न धारमा परिणत बन्दै जाँदा २०७० सालको निर्वाचनमा तेश्रो पार्टीको स्थानमा पुग्यो । त्यत्तिमात्र होइन भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनमा त माओवादी झनै कमजोर बन्यो । कांग्रेससंगको चुनावी तालमेल नभएको भए अहिले जति आएको सिट छ त्यो पनि नआउने पक्का देखियो ।

यसरी एकपछि अर्को गर्दै कमजोर बन्दै गएको माओवादी पार्टीमा धेरै धारहरु देखिन थाले । मातृका यादवले आफनै संगठन सुरु गरे, विप्लवले छुट्टै संगठन सुरु गरे, अध्यक्ष प्रचण्डका राजनीति गुरु मोहन वैद्य पनि आफनै संगठन सुरु गरे, यता समकक्षि बाबुराम भट्टराई नयाँ शक्ति तिर लागे । अन्ततः माओवादी केन्द्रको जनताप्रतिको विश्वास गुमेको स्थानीय तहको निर्वाचनमा प्रष्ट भयो । जसका कारण माओवादी अर्को कुनै विचार मिल्ने पार्टीसंग विलय हुनु बाहेक अरु कुनै विकल्प थिएन ।

अन्ततः नेकपा एमालेमा माओवादी विलय हुने तयारीमा पुगेको छ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि ताम मेलमेल गरेर अगाडी जान लागेका हुन । यी दुई पार्टीबीच १४ असोजमै ७ बुँदे सहमति भई चुनावी सहकार्यसँगै पार्टी एकीकरण प्रक्रियाका लागि सहमति भएको छ। दुई पार्टीबीच सहमति भएपछि १५ असोजमा एमाले र १६ गते माओवादीले आफ्नो पार्टीभित्र छलफल गरी मंगलबार सहमतिका बुँदा समेत सार्वजनिक गरेका छन ।

सहमतिको बुँदामध्ये दुई बुँदामा उल्लेख भए अनुसार बुँदाले दुई पार्टीबीचको एकीकरणको लागि दस्ताबेज तयार पार्ने कार्य सुरु भएको स्पष्ट हुन्छ। बुँदाहरुः ६। एकता प्रकृया पूरा नभएसम्म दुवै पार्टीका केन्द्रीय कमिटी तथा निकायहरु पार्टी एकता संयोजन समितिको मातहतमा यथावत् क्रियाशील रहने, ७। एकीकृत पार्टीको नीति(कार्यक्रमको घोषणापत्र र विधान तयार गर्न मस्यौदा कमिटी गठन गर्ने।

यी दस्ताबेजहरु तयार हुनुपूर्व पार्टी एकीकरणको संक्षीप्त घोषणापत्र जारी गर्ने। पार्टी एकीकरणको वैचारिक र सांगठनिक काम पूरा नभएसम्म आ(आफ्ना विचार व्यक्त गर्न र स्वस्थ बहस गर्न सकिने। तर, पार्टी एकीकरणको आधार सुदृढ बनाउन एक(अर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने। पार्टी एकीकरणको यो महान उद्देश्यअनुरुप अगाडि बढ्न आ(आफ्नो पार्टी पङ्तिलाई आह्वान गर्ने।
जस्ता सहमती भएका छन ।
हेर्नुस सहमतीपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *