२०८१ वैशाख ८ गते | 20th of April 2024

काठमाडौमा मध्ये रातमा भूकम्प

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज १८ गते ३:४१

काठमाडौ १८ असोज  । आज बिहान २ बजेर ४ मिनेटमा ३।७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौको नयाँ बसपार्क (गोंगबु) बाट उत्तरतिर केन्द्रबिन्दु रहेको यो भूकम्प गोरखा भूकम्पपछिको परकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए ।

गोरखा भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका ४८७ वटा परकम्प गइसकेको केन्द्रले जनाएको छ । चार रेक्टरभन्दा साना परकम्प हजारौँको संख्यामा गइसकेका छन् । चार रेक्टरभन्दा साना परकम्पको खासै असर नपर्ने गरेको भट्टराईले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *