२०८१ वैशाख ८ गते | 20th of April 2024

बानाले आउंदो आइतबार चर्चित कलाकारका साथमा दशैं तिहार धमाका गर्दै

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज १९ गते १९:५०

बाल्टिमोर (अमेरीका) – बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरीका (बाना) ले चर्चित कलाकारहरुका साथमा “दशैं तिहार धमाका २०१७” नामक भव्य सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

बानाको कम्युनिटी सेन्टरका लागी सहयोग जुटाउने उद्देश्यसहित आउंदो अक्टोबर ८ तारिख आइतबार भव्य दशैं तिहार धमाका २०१७ को आयोजना गर्न लागेको बानाका बरिष्ठ उपाध्यक्ष शुबोध पन्तले जानकारी दिनुभयो ।

बरिष्ठ उपाध्यक्ष पन्तका अनुसार कार्यक्रमलाई भव्य बनाउन चर्चित नेपाली नायक दिलिप रायमाझी, ख्यातीप्राप्त गायक शिब परियार संगै चर्चित नृत्य निर्देशक तथा मोडल शंकर बिसी संगै नृत्यंगना पार्वती राई र रिचा घिमिरे सहभागी हुदैछन् ।

ख्याती प्राप्त कलाकारहरुसंगै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीले थप आकर्षित बनाउने कार्यक्रममा नछुटाई सहभागी हुन बानाले सबैमा आग्रह गरेको छ ।

आइतबार बेलुका ७ बजेपछि शुरु हुने कार्यक्रमले नेपाली संस्कृतिको जगेर्ना संगै भेटघाट र शुभकामना आदान प्रदान तथा कम्युनिटी सेन्टरका लागी पनि सहयोग पुग्ने आयोजकको बिश्वास छ ।

नेपाली खाना सहित २५ डलर खर्चेर कार्यक्रममा सहभागीता जनाउन सकिनेछ ।

अमेरीकामा गरिने नेपाली डायस्पोराका कार्यक्रमहरुमा एक / दुई जना ख्यातीप्राप्त कलाकारहरुको सहभागीतामा कार्यक्रम गर्ने गरिएकोमा बानाले आधा दर्जन ख्यातीप्राप्त कलाकारहरुलाई सहभागी गराउन लागेकोले कार्यक्रम भव्य हुने बानाका बरिष्ठ उपाध्यक्ष पन्तको दाबी छ ।

लोकप्रिय कलाकारहरुलाई सहभागी गराएर धमकेदार कार्यक्रम गर्न लागेकोले कार्यक्रमलाई सफल बनाउन सबै उपस्थित हुन बाना अध्यक्ष अनु वन्त ले अनुरोध गर्नुभएको छ ।

आउदो आइतबार गरिने धमाकाका लागी तयारी तिब्र पारिएको तथा कार्यक्रमले कम्युनिटी सेन्टरका लागी आर्थिक सहयोग जुटाउन महत्वपुर्ण भुमिका खेल्ने भएकोले कार्यक्रममा सहभागीता जनाइदिन सबैमा आग्रह गरिएको बाना उपाध्यक्ष जनक पौडेलले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *