२०८१ वैशाख १३ गते | 25th of April 2024

हिमाल आरोहण उत्साहजनक

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २० गते ९:५५

काठमाडौँ, २० असोज । यस वर्षको शरद् ऋतुमा हिमाल आरोहण गर्नेको संख्या उल्लेख्य रुपमा बढेको देखिएको छ ।

पर्यटन विभागका अनुसार अहिले मनास्लु, अमादब्लम, धौलागिरिलगायतका हिमाल तथा शिखर आरोहण गर्न आजको मितिसम्म केही नेपालीसहित १०७ आरोहण दलले आरोहण अनुमति लिएका छन् ।

आरोहीहरु अक्टोबर महिनाभरि आउने भएकाले यो संख्या अझै बढ्ने विभागको अनुमान छ । विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार अघिल्लो वर्ष यही मौसममा १५० आरोहण दलले आरोहण अनुमति लिएका थिए ।

अघिल्लो वर्षको संख्या र अवधिलाई हेर्दा यो वर्ष आरोहीको संख्या बढ्ने देखिन्छ ।

भारत, युरोप अमेरिकालगायत मुलुकबाट आएका कतिपय आरोहीले आरोहण शुरु गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *