२०८१ वैशाख ७ गते | 19th of April 2024

नेपाल आइडलका सागर र सुरजसंग मोडल रस्मीले देखाइन कोरियामा धमाका

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २१ गते १४:१९

प्रकाश पोख्रेल,

सउल, दक्षिण कोरिया । पहिलो पटक आयोजना गरिएको सुपादेउराली सांगीतिक सौगात भाग एक भब्यरुपमा सम्पन्न भएको छ । सउलमा विहिबार आयोजना गरेको सो सास्कृतिक कार्यक्रम पूर्णरुपमा सफलताका साथ सम्पन्न भएको हो ।

नेपाल आइडलका चर्चित प्रतिस्पर्धि सागर आले र सुरज थापा प्रमुख आर्कषणकको रुपमा रहेको सो कार्यक्रममा हजारौ दर्शकको सहभागितामा रहेको थियो ।

कार्यक्रममा सागर आले र सुरज थापाले दर्शकको मन जितेका थिए । आले र थापा स्टेजमा सहभागि हुदा दर्शकको भिड सम्हाल्न हम्मेहम्मे भएको थियो । उनीहरुले गाएका प्रत्येक गीतमा दर्शकले डान्स र हुटिङले साथ दिएका थिए । उनीहरुले दिएको प्रत्येक प्रस्तुतिमा दर्शकको वान्समोरको आवाज गुञ्जिएको थियो ।

“लुम्बिनीको गौरब अर्घाखाँचीको सान, लुम्बिनी घर स्थापनार्थ हाम्रो अभियान” मुल नारा रहेको कार्यक्रममा लोकदोहोरी गायिका सम्झना लामिछाने र गायक रामजी खांडले दोहोरी गीतमा दर्शकलाई नचाएका थिए ।

कार्यक्रममा अहिलेकी चर्चित मोडल तथा हट डान्सर रम्मी तामाङले विशेष नृत्य प्रस्तुत गरेकी थिइन । उनको नृत्यले हलको माहोल तातेको थियो । कार्यक्रमको सञ्चालन गरेका अहिलेका उदयमान हास्यव्यङ्गय कलाकार दिनेस काप्लेले पनि दर्शकहरुको मन तान्न सफल भएका थिए ।

कार्यक्रममा कोरियाका लागि नेपाली राजदुत अर्जुन जंगबहादुर सिंह प्रमुख अतिथिको रुपमा सहभागि भएका थिए । कार्यक्रमा बोल्दै उनले अर्घाखाँची सम्पर्क समितिले समय अभावका बाबजुद पनि नेपालबाट कलाकार बोलाएर भव्य कार्यक्रम गर्न सफल भएकोमा धन्यवाद दिएका थिए । उनले यस्ता कार्यक्रमले वर्षभरी कामबाट थकित भएका नेपालीहरुलाई मनोरञ्जना प्रदान गरेको बताए ।

कार्यक्रममा एनआरएन कोरियाका प्रतिनिधि लगायत विभिन्न राजनीतिक दलका नेताहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रम आयोजनक अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाका अध्यक्ष दिनामनी पौडेलले कार्यक्रम भब्य र सब्य रुपमा सम्पन्न भएको भन्दै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबै संघसस्थाका व्यक्तिmहरुलाई धन्यवाद ज्ञापन गरेका छन । अध्यक्ष पौडेलले कार्यक्रमबाट संकलन भएको रकम कोरियामा काम छोडेर कामको खोजिमा बसेका नेपालीहरुका लागि बस्ने अभाव हुन नदिनका लागि लुम्बिनी घर निर्माण गर्ने बताए ।

कार्यक्रम सम्पन्न भएपछि सम्पूर्ण कलाकारलाई अर्घाखाँची सम्पर्क मन्च कोरियाले सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *