1

विश्व शारीरिक सुगठनमा ननितालाई रजत

476 पटक पढिएको

काठमाडौँ, २२ असोज । मंगोलियाको उलन्बटारमा जारी नवौँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले आज रजत पदक जितेकी छिन् ।

ननिताले महिला १६० सेन्टीमिटर उचाइमा रजत जितेकी हुन फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाले स्वर्ण तथा इटालीले कांस्य पदक जित्यो ।

ननिताले विश्व शारीरिक सुगठनमा पदक जितेको यो दोस्रो अवसर हो । गत वर्ष थाइल्यान्डमा भएको यसै प्रतियोगिताको आठौँ संस्करणमा ननिताले कांस्य पदक जितेकी थिइन् । नेपाली शारीरिक सुगठनको इतिहासमा कुनै पनि नेपाली महिला खेलाडीले जितेको पहिलो पदक हो । आठौँ विश्व शारीरिक सुगठन प्रतियोगिताबाटै ननिताको खेलमा ‘डेब्यू’ गरेकी थिइन् । रासस

 

तपाईको प्रतिक्रिया

भक्तपुर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारप्रतिको असन्तुष्टि.. ...

लस एन्जलस - नेपाली सुगम संगीतका चर्चित गायक तथा शास्त्रीय संगितमा जादुमय आवाजका धनी शिव.. ...

काठमाडौं - समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका युवाहरुले बढ्दो महिला हिंसा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...