२०८१ वैशाख ६ गते | 18th of April 2024

आयल निगमका गोपाल खड्कालाई नहटाउन सर्वोच्चको आदेश

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २२ गते १३:२४

काठमाडौं, २२ असोज । सर्वोच्च अदालतद्धार आयल निगमका गोपाल खड्कालाई पदबाट नहटाउन आदेश जारी गरेको छ । सरकारले भष्ट्रचार गरेको आरोपमा सरकारद्धारा पदबाट निकालिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदबाट हटाएो थियो ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्कालाई पदबाट हटाउने सरकारको निर्णयलाई गैरकानुनी भन्दै निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो ।
पेट्रोलियम पदार्थ भण्डारस्थल बनाउनका लागि जग्गा किन्दा अनियमितता गरेको आरोपमा सरकारले खड्कालाई असोज २ गते पदबाट हटाएको थियो ।
त्यसको दुई दिनपछि खड्काले पुनर्वहालीको माग राखी सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले खड्कालाई स्पष्टिकरणसमेत नसोधी सिधै वर्खास्त गर्ने निर्णय गरेको थियो ।
त्यो कमजोरीमा टेकेर खड्काले आफ्ना कुरा भन्ने मौकासमेत नदिई सरकारले वर्खास्त गरेको भन्दै पुनर्वहालीको माग राखेर रिट हालेका थिए । आफू चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त भएकाले २०७५ साल माघसम्म काम गर्न पाउने पर्ने खड्काको माग थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *