२०८१ वैशाख ६ गते | 18th of April 2024

अनन्तराम केसीको नया किर्तिमान ८० घण्टा ४ मिनेट भाषण गरे

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २३ गते २:१२

काठमाडौ २३ असोज । भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएका छन ।
मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा केसीले यही असोज १९ गते बिहान ६ बजेदेखि आइतबार दिउँसो ३ बजेर २ मिनेटसम्म भाषण गरेकने विश्व दर्शन अभियान नेपालका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिए । ८० घण्टा ४ मिनेटको भाषणको रेकर्ड गिनिज बुकमा पठाएर विश्वकीर्तिमानका लागि दाबी गरिनेछ ।
यसअघि भारतको गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राखेका छन । उनले विभिन्न ७५ शीर्षकमा भाषण दिएको बताइएको छ ।
यो कीर्तिमानका लागि लायन्स क्लब अफ काठमाडौं बिहानीको आयोजना तथा लियो क्लबलगायतका संस्थाको सहयोगमा कलेजमा आयोजना गरिएको कार्यक्रममा उनले ८४ घण्टा भाषण गर्ने योजना भएपनि आइतबार दिउँसोसम्म ८० घण्टा ४ मिनेट मात्र भाषण गर्न उनी सफल भएका थिए ।
भाषणमा केसीले एक घण्टामा पाँच मिनट विश्राम गर्दै विभिन्न विषयमा प्रवचन दिएका थिए । उनले दिनरात उभिएर र समय समयमा कुर्सीमा बसेर समेत भाषण गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *