२०८१ वैशाख ७ गते | 19th of April 2024

अजरबैजानलाई हराउदै जर्मनीको शान्दार जित

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २३ गते २:२५

विश्वकप फुटबल छनौट खेल गयराती भएको खेलमा अजरबैजानलाई ५–१ ले हराउदै जर्मनी विश्वकप खेलमा छनौट भएको छ । समूह ‘सी’ अन्तर्गत भएको खेलमा विश्वकपमा स्थान पक्का गरिसकेको साबिक विजेता जर्मनले अजरबैजानलाई ५–१ ले हराएको छ । जर्मनीका लागि लियोन गोरेट्ज्गाले ६ र ६६ औं मिनेटमा गरी दुई गोल गरे । ५४ औं मिनेटमा सान्ड्रो वाग्नर, ६४ औं मिनेटमा एन्टोनियो रुडेजर तथा ८१ औं मिनेटमा एम्र क्यानले गोल गरे । अजरबैजानका लागि ३४ औं मिनेटमा रामिल शेदभले एक गोल फर्काए । जर्मनीले समूह चरणका सबै १० खेल जितेको छ । यसक्रममा उसले कीर्तिमानी ४३ गोल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *