२०८१ वैशाख ८ गते | 20th of April 2024

सुटर पक्राउबारे गृहमन्त्रीले नै ढाँटे

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २५ गते २:२७

काठमाडौ २५ असोज । गृहमन्त्री जनार्दन शर्माले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि ३ जना हतियारसहित पक्राउ गरेको दावी गरेका थिए । उनले गौचनको हत्यामा संलग्नलाई चाँडै सार्वजनिक गर्ने दावी पनि गरेका थिए।आजको नगरिकमा खबर छापिएको छ ।

अनामनगरस्थित महासंघको कार्यालय जान सोमबार दिउँसो घरबाट हिँडेका गौचनलाई २ः४५ बजे मध्येबानेश्वर खरीबोटमा सुटरले गाडीभित्रै गोली हानेर हत्या गरेका थिए।घटनाको करिब एक घन्टापछि मनमैजुमा एउटा पेस्तोल र तीन राउन्ड गोलीसहित तीनजना पक्राउ परेको सूचना सार्वजनिक भएको थियो । छिरिङ तामाङ,सञ्जय तामाङ र दिलीप लामा घटनाको १५ मिनेटपछि पक्राउ परेको दावी प्रहरीको थियो ।

गृहमन्त्रीको दावीको आधार पनि घटना भएको समय र प्रहरीले दाबी गरेको पक्राउको समय नै थियो । विश्वस्थ स्रोतका अनुसार काभ्रेका तीन तीनजनालाई गौचनको हत्याको आधा घन्टाअघि महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *