२०८१ वैशाख १२ गते | 24th of April 2024

सम्बन्धनको विरोध, सिटिइभिटीका प्रमुखलाई मोसो

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २५ गते १४:४१

काठमाडौं २५ असोज । प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेलाई मोसो दलिएको छ । काफ्लेलाई विद्यार्थीहरुले उनकै कार्यकक्षमा गएर मोसो दलेको दलेका हुन।

मोसो दल्नेमा नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाही, अर्जुन बमसहितको विद्यार्थी टोली रहेको प्रहरीले जनाएको छ । केही दिनअघि सिटिइभिटीले नर्सिङ्गलगायत स्वास्थ्यका विभिन्न विषयमा प्रमाणपत्र तहमा अर्को शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना गर्ने गरी सम्बन्धन दिएको विरोधमा विद्यार्थीले कालोमोसो दलेका हुन् ।

कालोमोसो दलेलगत्तै प्रहरी पुगेपछि विद्यार्थीहरू पछाडिको ढोकाबाट भागेको प्रहरीले बताएको छ ।

शिक्षामन्त्रीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सम्बन्धन दिएको भएपनि कालोमोसो कर्मचारीलाई दलिएको भन्दै सिटिइभिटीका कर्मचारीले भने विरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *