२०८१ वैशाख ७ गते | 19th of April 2024

सहिद घोषणा गर्ने प्रतिब्द्धता पछि व्यवसायी गौचनका अन्तेष्टी

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २६ गते १४:५२

काठमाडौं, २६ असोज । सोमबार अज्ञात समुहले गोली हानी हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको आज अन्तेष्टी गरिएको छ ।
गौचनको बिहीबार चार दिनपछि थकाली परम्परानुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरलाई छोरा संस्कारले दागबत्ती दिएका थिए ।
गौचनको हत्यारालाई चाँडो पत्ता लगाई कारबाही गर्नुपर्ने, उनलाई शहीद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायत माग राखी महासंघ र गौचनका परिवारले शव बुझ्न मानेका थिएनन् । गृहमन्त्री जनार्दन शर्माले बिहीबार स्वर्गीय गौचनलाई शहीद घोषणा र व्यवसायीलाई सुरक्षा दिइने प्रतिबद्धता व्यक्त गरेपछि गौचनको दाहसंस्कार गरिएको हो ।
गौचनको शव बिहान १० देखि अपराह्न १ बजेसम्म महासंघको कार्यालय अनामनगर र अपराह्न २ देखि ४ बजेसम्म थकाली सेवा समाजको कार्यालय बालाजुमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनको शवमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *