२०८१ वैशाख ११ गते | 23rd of April 2024

रजनीकान्त र अक्षय कुमारको चलचित्र ‘२.०’ ले भारतमा तहल्का मच्याउने

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २६ गते १५:४४

काठमाडौं २६ असोज । भारतीय चलचित्रम उद्योगमा चलचित्र ‘२.०’ ले तहल्का पिटने भएको छ । यस चलचित्रमा रजनीकान्त र अक्षय कुमारले अभिनय गरेका छन । भारतीय चलचित्र उद्योगमा यो चलचित्र अहिलेसम्मकै ठुलो लगानीमा निर्माण हुन लागेको छ । यो चलचित्र बनाउनका लागि झण्डै ४ सय करोड रुपैयाँ भारतीय रुपैयाँ खर्च भएको बताइएको छ । यसमा चलचित्रको प्रचार–प्रसारको खर्च भने जोडिएको छैन ।
निर्देशक शंकरको ‘रोबोट’को सिक्वेल ‘२।०’ अहिलेसम्मकै महंगो चलचित्र हुनेछ । चलचित्रमा अन्तर्राष्ट्रिय स्तरको स्पेसल इफेक्ट्स हेर्न पाइनेछ । जसका कारण पनि चलचित्रको लागत बढेको बताइएको छ । चलचित्र निर्माण पक्षले जनाए अनुसार अक्टोबर २७ मा चलचित्रको गीत दुबईमा रिलिज हुने तयारीमा छ । म्युजिक रिलिजको इभेन्टका लागि मात्रै १२ करोड भारतीय रुपैयाँ खर्च हुने बताइएको छ ।
चलचित्र ‘२.०’ २०१८ को जनवरी २५ मा रिलिज हुनेछ । फिल्मको टिजर नोभेम्बरमा हैदरावादमा रिलिज हुनेछ भने ट्रेलर डिसेम्बरमा चेन्नईमा लन्च गरिनेछ ।
यो चलचित्र सन् २०१९ मा आएको ‘रोबोट’ को सिक्वेल हो जसमा ऐश्वर्या राय र रजनीकान्त थिए । सिक्वेलमा भने् रजनीकान्तसँग अक्षय कुमार देखिनेछन् । अक्षय कुमार १२ अलग–अलग अवतारमा देखिनेछन् । चलचित्र  ‘२.०’ चीनमा मात्रै झण्डै २० हजार स्क्रिनमा सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *