२०८१ वैशाख १२ गते | 24th of April 2024

नेजाद्धारा सामुदायिक पत्रकारिता पुरस्कारको स्थापना

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत ११ गते १७:०१

उत्तर अमेरिकामा रहेका नेपाली मुलका पत्रकारहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ, नेजाले सामुदायिक पत्रकारिता पुरस्कारको स्थापना गरेको छ । नेपालमा नेजा ग्रामिण उत्कष्ट पत्रकारिता पुरस्कार प्रदान गर्दे आएको नेजाले उत्तर अमेरिकामा रहेका नेपाली पत्रकाहरुको हकमा नेजा सामुदायिक पत्रकारिता पुरस्कार नामक दोस्रो पुरस्कारको स्थापना गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

टेक्सास निवासी समाजसेवी गौरीराज जोशीले नेजाको उक्त पुरस्कारको प्रायोजन गरेका छन । सामुदायिक बिकास र सहयोगका लागि सधैंं हातेमालो गर्न अघि सर्ने चितवन घर भएका जोशीले प्रवासमा आएर समुदाय, जन्मभुमी मित्रताको पुलको रुलको रुपमा काम गर्ने राज्यद्दारा सम्मानित पत्रकारिता पत्रकारिता गर्नुहुने अमेरिकामा कार्यरत पत्रकारहरुको हौसलाको लागि आफुले उक्त पुरस्कार प्रायोजन गरेको जनाएका छन ।

नेजा सामुदायिक पत्रकारिता पुरस्कारको राशी १ लाख एकहजार एक सय एक रुपैयाको रहेको नेजाद्धारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरुमध्ये सामुदायिक पत्रकारितामा कलम चलाउने उत्कृष्ट पत्रकारहरुमध्येबाट एक जनालाई पुरस्कृत गरिने छ ।

नेजा सामुदायिक पत्रकारिता पुरस्कार हरेक दुईवर्षमा एक पटक साधारण सभामा घोषणा गर्नेछ । आगामी मे महिनामा वासिंगटन डिसीमा ६ र ७ मा आयोजित ११ औ साधारण सभामा घोषणा गरिने उक्त पुरस्कारका लागि आवेदन खुला गरेको छ । पुरस्कारको लागि आगामी अप्रिल २५ तारिखसम्म नेजाको अफिसियल इमेल ठेगाना मा आवेदन पठाईसक्नुपर्नेछ ।

प्रवासमा नेपाली पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त पुरस्कारका लागि नेजाले छनौट समिति पनि गठन गरिसकिएको छ । आवेदकले सन् २०१६ भित्रमा प्रकाशित वा प्रसारित आफ्ना तीन उत्कृष्ट समाचार, अनुसन्धानात्मक लेख वा समाचारमूलक कार्यक्रम पेश गर्नुपर्नेछ । छनौट सकितिले नेपाली समुदायका हित प्रवद्र्धन गर्ने खालका समाचार, अनुसन्धानमुलक लेख वा समाचारमूलक कार्यक्रमलाई प्राथमिकता दिइने नेजाद्धारा जारी प्रेश विज्ञप्तिमा उल्लेख छ । उत्तर अमेरिकामा रहेर कम्तिमा दुई वर्ष पत्रकारिता क्षेत्रमा सक्रिय रहेको पक्षलाई प्राथमिकतामा राखेर गरिने छनौट प्रक्रियामा छनौट समितिको अन्तिम निर्णय हुनेछ । उक्त पुरस्कारले प्रवासको नेपाली पत्रकारितालाई थप व्यवसायिक वनाउने नेजाले विश्वास लिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *