२०८१ वैशाख ११ गते | 23rd of April 2024

च्याम्पियन्स लिगमा लिभरपुलको जित

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १ गते ३:५२

कात्तिक १ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले कीर्तिमानी जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुलले स्लोभेनियाको क्लब मारिबोरलाई ७–० ले हराएको हो । समूह ‘ई’ अन्तर्गत अवे मैदानमा भएको खेलमा लिभरपुललाई कीर्तिमानी जित दिलाउन रोबर्टो फिरमिनो र मोहम्मद सालहले दुई दुई गोल गरे । यस्तै फिलिप कोन्टिन्हो, अलेक्सान्डर अ्रनोल्ड र ओक्सलेड–चेम्बर्लेनले एक एक गोल गरे । योसँगै लिभरपुल युरोपियन कपको इतिहासमा अवे मैदानमा ठूलो गोल अन्तरको जित निकाल्ने पहिलो इंग्लिस टिम बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *