२०८१ वैशाख ६ गते | 18th of April 2024

आगलागीबाट ६७ लाखको क्षति

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ६ गते ४:१४

मोरङ ६ कार्तिक  । मोरङको मिक्लाजुङ गाउँपालिका–५ बस्ने भूपेन्द्र कार्कीको घरमा आइतबार साँझ आगलागी हुँदा रु ६७ लाख बढीको क्षति भएको छ ।

साँझ ७ः०० बजेतिर कार्कीको दुईतले घरमा विद्युत् चुहिएर आगलागी भएको थियो । आगलागीबाट उनको घर, भान्सा घर, नगद रु दुई लाख, किराना पसल, होल्डर मिल, सुन, तथा घरभित्र भएको सम्पूर्ण सामान र अन्नपातसमेत जल्दा रु ६७ लाख बढीको क्षति भएको पीडितले बताएका छन् ।

आगोलाई मोरङको सुन्दरहरैचा र झापाको दमकबाट आएका दमकल तथा स्थानीयवासीको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *